+
+

पृथ्वी माविमा हिरक महोत्सव हुने, लोगो सार्वजनिक

185 पटक हेरिएको
Clock २०८१ फाल्गुन १०, शनिबार २२:०८
-- Sponsored --

AI सारांश

Fast AI

१. यासोक-पाँचथरको कुम्मायक गाउँपालिको पृथ्वी मावि यासोकले २०८२ साल बैशाख ११ गते विद्यालयको ६० औं स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउने भएको छ।
२. विद्यालयले महोत्सवका लागि पहिचान झल्किने लोगो सार्वजनिक गरी स्मारिका प्रकाशन गरी विमोचन गर्ने कार्यक्रमको सुनिश्चित समेत गरेको छ।
३. विद्यालयले हीरक महोत्सवको आयोजना गरी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि आर्थिक सहयोग संकलन गर्ने उदेश्य राखेको छ।

यासोक-पाँचथरको कुम्मायक गाउँपालिको पृथ्वी मावि यासोकले हीरक महोत्सव संचालन गर्ने भएको छ। २०८२ साल बैशाख ११ गते विद्यालयको ६० औं स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउने भएको हो। महोत्सवको तयारी तिब्र बनाएको विद्यालयले स्मारिका प्रकाशन गरी विमोचन गर्ने कार्यक्रमको सुनिश्चित समेत गरेको छ। विद्यालयले महोत्सवका लागि पहिचान झल्किने लोगो समेत सार्वजनिक गरेको छ। गत बिहिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी हीरक महोत्सवको लागि लोगो सार्वजनिक गरेको हो। विद्यालयले सार्वजनिक गरेको अर्धगोलाकारको शिर भागमा अर्धवृत्तकारमा रातो रङमा पहेंलो अक्षरमा विद्यालयको नाम राखिएको छ। त्यस्तै बीचको भागमा स्थानगत परिवेश झल्कने, शिरभागमा निलो रङको विशालताको प्रतिक राखिएको छ।

लोगोमा विद्यालयको परिवेश, भुगोल, बिजयको प्रतिक, स्मारिकाको संकेत लगायको भाव झल्काउने विद्यालयले जनाएको छ। लोगो सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लाओती, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नंं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लाओती, विद्यालयका प्र.अ. ऋषिराम गजुरेल लगायत शिक्षक, अभिभावक र व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा लोगो सार्वजनिक भएको हो। विद्यालयले महोत्सवको प्रचार प्रसार गर्न पाँच सदस्यीय समिति गठन गरी तयारी तिब्र पारेको छ। विद्यालयले हीरक महोत्सवको आयोजना गरी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि आर्थिक सहयोग संकलन गर्ने उदेश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win