Comments Add Comment

सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं- सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्।

ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ।

बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो।

बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै