+
+

फाल्गुनन्द गोल्ड कप: १० लाख ५५५ प्रथम पुरस्कारसहित सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर पुरस्कार

188 पटक हेरिएको
Clock २०८१ मंसिर २९, शनिबार २१:१७
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिम नगरपालिका–१ मा ११ औं संस्करण फाल्गुनन्द गोल्डकप पुस ६ गतेदेखी १५ गतेसम्म सञ्चालन हुने भएको छ।
२. फाल्गुनन्द गोल्डकपमा १० टिमको सहभागीता रहने छ, जसमा चर्च ब्वाइज युनाइटेड, न्यु रोड क्लब (एनआरटी) काठमाण्डौँ, मछीन्द्र क्लब काठमाण्डौँ र त्रिभूवन आर्मी क्लव काठमाण्डौँ गरी चार टिम “ए” डिभिजन र चित्लाङ क्लब काठमाडौँ “बि” डिभिजन समेत रहेका छन्।
३. विजेता टिमलाई नगद १० लाख ५ सय ५५ रुपैया प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद ५ लाख ५ सय ५५ रुपैया प्रदान गरिनेछ।

इवारा जवेगु लिम्बु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ मा ११ औं संस्करण फाल्गुनन्द गोल्डकप सञ्चालन हुने भएको छ।
फिदिम स्थित फिदिम स्पोर्टिङ क्लबको आयोजनामा अगामी पुस ६ गतेदेखी १५ गतेसम्म ११ औं संस्करण फाल्गुनन्द गोल्डकप सञ्चालन हुन लागेको हो।
किरात धर्मका प्रचारक महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको नाममा २०६५ सालदेखी सञ्चालन हुँदै आएको यस प्रतियोगिता कोभिड र खेलमैदान मर्मतको कारण केही वर्ष स्थगित भएपनि यो वर्ष पुस ६ गतेदेखी सञ्चालन हुने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए।
उहाँका अनुसार फाल्गुनन्द गोल्डकपको माध्यमबाट खेलकुद विकासमा टेवा पुर्याउदै जिल्लाका खेलाडीहरुको खेल स्तरमा वृद्धि गर्ने उदेश्यले ११ औं संस्करण फाल्गुनन्द गोल्डकप सञ्चालन गर्न लागिएको हो।
आगामी पुस ६ गते देखी पुस १५ गतेसम्म सञ्चालन हुने गोल्डकपमा १० टिमको सहभागीता रहने छ। जसमा चर्च ब्वाइज युनाइटेड, न्यु रोड क्लव (एनआरटी) काठमाण्डौँ , मछीन्द्र क्लब काठमाण्डौँ र त्रिभूवन आर्मी क्लव काठमाण्डौँ  गरी चार टिम “ए” डिभिजन र चित्लाङ क्लब काठमाडौँ  “बि” डिभिजन, आयोजक फिदिम स्पोर्टिङ क्लब, बिराटनगर सिटी एफसी, सहलेस युवा क्लब सिराहा, न्यू स्टार क्लब सुनसरी र झापा सहभागी हुने आयोजकले जनाएको छ।
विजेता टिमलाई नगद १० लाख  ५ सय ५५ रुपैया प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद ५ लाख  ५ सय ५५ रुपैया प्रदान गरीने भएको छ।
त्यस्तै प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडीले एउटा इभी स्कुटर, प्रत्येक खेलको म्यान अफ् दि म्याचले १० हजार रुपैँया प्राप्त गर्ने छ । विद्यागततर्फ सर्वाधिक गोल कर्तालाई १५ हजार रुपैँया साथै उत्कृष्ट गोलरक्षक, वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, वेष्ट कोच र राइजिङ प्लेयरलाई जनही १० हजार रुपैयाँको दरले पुरस्कार प्रदान गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष मगरले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win