Comments Add Comment

पुस २७ गते देखि तेह्रथुमको दॉगपामा माघेनी मेला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा यही पुस २७ गते देखि माघ ४ गते सम्म माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।

जालपा युथ क्लब चिनेबारीको आयोजनामा सन्चालन हुने प्रतियोगितामा पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन।

त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन।

प्रतियोगिताका लागि टीम दर्ता गर्ने अन्तिम मिति पुस २६ गते सम्म रहेको आयोजकले जनाएको छ ।

माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको मेलामा खेलकुदका साथै स्थानीय जातजातिको संस्कृति झल्कने सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै