0 प्रतिक्रिया
प्रतिनिधिसभाः सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
AI सारांश
Fast AI१. प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ र सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ।
२. श्रम संस्कृति पार्टीका सदस्यहरूले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।
३. सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र अभद्र व्यवहार नगर्न आग्रह गर्नुभयो।
काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थाल्नुभएको छ।
बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो। तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गर्नुभयो।
सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









