+
+

मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा हेंवा खोला बेलिब्रिज उद्घाटन

237 पटक हेरिएको
Clock २०८२ भाद्र ४, बुधबार २०:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको मोडुलर बेलिब्रिजको आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको छ।
२. उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको हो भने बेलिब्रिजका संरचना निर्माण र जडानको काम नेपाल सरकारले गरेको हो।
३. ताप्लेजुङ जिल्ला र उत्तरी पाँचथरका तीन वटा गाउँपालिकाहरुलाई मेची राजमार्गको हेंवा खोला उत्तरको सडकले जोडेको छ।

पाँचथर, ४ भदौः
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको मोडुलर बेलिब्रिजको आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको छ। 
गत वर्षको असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि यहाँ निर्माण गरिएको ७० मिटर लामो बेलिब्रिजको आज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो। उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको हो भने बेलिब्रिजका संरचना निर्माण र जडानको काम नेपाल सरकारले गरेको हो। ताप्लेजुङ जिल्ला र उत्तरी पाँचथरका तीन वटा गाउँपालिकाहरुलाई मेची राजमार्गको हेंवा खोला उत्तरको सडकले जोडेको छ। उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको छ। 
मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो । तर उक्त बेलिब्रिज समेत २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए। वर्षायाम सुरु भइसकेकाले बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको काम समेत निरन्तर चलाएको थियो।


गत चैतदेखि बेलिब्रिज निर्माण कार्य थालिएको थियो। दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभीले बेलिब्रिज जडानको कार्य अन्तिम चरणमा पुर्‍याएको समयमा गत जेठ ३१ गते अचानक बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो। यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनी गार्डेन रिचसिप विल्डर्स एण्ड इन्जिनियरिङलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो। भारतबाट आएका प्राविधिक र मिस्त्रीहरुले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका थिए। बेलिब्रिजका लागि आवश्यक पहुँचमार्गसहितका संरचना निर्माण भएपछि आज उद्घाटन गरी सञ्चालनमा ल्यायएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो। 
बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो। भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको लन्चिङ सेट र पुल जडान गर्न इन्जिनियर तथा प्राविधिकहरु रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान सम्पन्न गरेका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win