0 प्रतिक्रिया
सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
AI सारांश
Fast AIनेपाली शान्ति सैनिकहरुको अदलीबदली सम्बन्धित समाचारको ३ वटा बुँदामा सारांश यस प्रकार छ:
१. सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ, जसमा रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।
२. यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी दिपेश राना मगरको नेतृत्वमा फाल्गुण ११ गते नै स्वदेश फिर्ता भएका थिए।
३. हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।
काठमाडौँ । सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ।
युनाइटेड नेसन्स मल्टिडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाईजेसन मिसन इन द सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ हाई रिडीनेस प्रोटेक्सन बटालियनअन्तर्गत दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली, सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी छैठौँ डफ्फामा कार्यरत ११६ जना शान्ति सैनिकहरू सेनानी दिपेश राना मगरको नेतृत्वमा फाल्गुण ११ गते नै स्वदेश फिर्ता भएका थिए।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









