+
+

पत्रकार हत्या र सञ्चार गृहलाई क्षतिपूर्तिको माग गर्दै सरकारलाई ज्ञापन–पत्र

57 पटक हेरिएको
Clock २०८१ चैत्र १७, आईतवार २२:१४
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रेस चौतारी नेपालले राजावादीको आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएको छ।
२. पत्रकार जिउँदै जलाएर हत्या गरेको र सञ्चार गृहमा तोडफोड गरी क्षति पु¥याएको भन्दै उचित क्षतिपूर्तिको माग सहित दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकषर्ण गराएको होे।
३. सञ्चारमन्त्री पृथ्वीसub्बा गुरुङले घटनाको सत्यतथ्य बुझी दोषीलाई कानुनी कारबाही गर्ने प्रतिवद्दता व्यक्त गरे।

रमेश थापा
पाँचथर। प्रेस चौतारी नेपालले राजावादीको आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएको छ।  पत्रकार जिउँदै जलाएर हत्या गरेको र सञ्चार गृहमा तोडफोड गरी क्षति पु¥याएको भन्दै उचित क्षतिपूर्तिको माग सहित दोषीलाई कडा कानुनी कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकषर्ण गराएको होे।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको नेतृत्वको टोलीले सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पाँच बुँदे ज्ञापन–पत्र बुझाएको हो। ज्ञापन–पत्र बुझ्दै सञ्चारमन्त्री गुरुङले घटनाको सत्यतथ्य बुझी दोषीलाई कानुनी कारबाही गर्ने प्रतिवद्दता व्यक्त गरे।
राजावादी समूहको चैत १५ गते काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका कारण एभिन्युज टेलिभिजनका पत्रकारको ज्यान गएको थियो। त्यस्तै पत्रकार तथा आम सञ्चार माध्यम माथि तोडफोड र आक्रमण भएको घटनाले श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल स्तब्ध बनेको पाण्डेको भनाइ छ।
राजाबादीको प्रदर्शनमा भएका हिंसात्मक घटनाले सिंगो सञ्चार क्षेत्र त्रसित र मर्माहत भएकाले माननीय सञ्चारमन्त्रीज्यूमार्फत नेपाल सरकारसमक्ष प्रेस चौतारी नेपालको तर्फबाट ध्यानाकर्षणसहित कडा कदम चाल्न यो ज्ञापन–पत्र पेश गरेका छौं,’ ज्ञापन–पत्रमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win