0 प्रतिक्रिया
फरार अभियुक्त बिरूद्व रौतहट प्रहरीको एक्सन: छ फरार कैदी समातिए
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:
१. रौतहट प्रहरीले अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका अभियुक्तहरूविरुद्ध कडाइ थालेको छ।
२. विभिन्न मुद्दामा दोषी ठहर भई लुकीछिपी बसिरहेका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ, जसमा लेनदेन, चोरी र चेक अनादर मुद्दाका अभियुक्तहरू रहेका छन्।
३. पक्राउ परेका सबैलाई जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ, र प्रहरीले फरार अभियुक्तलाई नियन्त्रणमा लिने अभियानलाई अझै सशक्त बनाइने भनाइ छ।
रौतहट, ४ बैशाख
अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका अभियुक्तहरूविरुद्ध रौतहट प्रहरीले कडाइ थालेको छ।
सोही क्रममा विभिन्न मुद्दामा दोषी ठहर भई लुकीछिपी बसिरहेका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरूको संयुक्त सक्रियतामा पक्राउ परेका उनीहरू अदालतको फैसला कार्यान्वयनबाट बच्न खोजिरहेका थिए। पक्राउ पर्नेहरूमा लेनदेन मुद्दाका दिनेश सहनी (१ वर्ष कैद), सुरेश साह सोनार (३ महिना कैद) र राम सोगारथ राय यादव (१ वर्ष कैद) रहेका छन्।
यस्तै, चोरी मुद्दाका मुकेश साह तेली (३ महिना कैद) र सर्वजित कुमार साह (१ महिना कैद) सहित चेक अनादर मुद्दाका राम नरेश साह पनि प्रहरी नियन्त्रणमा परेका छन्।
प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबैलाई बिहीबार जिल्ला अदालत गौरमा उपस्थित गराई फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ।
फरार अभियुक्तलाई नियन्त्रणमा लिने अभियानलाई अझै सशक्त बनाइने प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











