+
+

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

81 पटक हेरिएको
Clock २०८१ कार्तिक २१, बुधबार ११:०५
-- Sponsored --

AI सारांश

Fast AI

१. भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ।
२. केन्द्रमा विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो र कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ।
३. गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ र केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ।

चितवन, २१ कात्तिकः भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ।

केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताउनुभयो।

अक्षयकोषका लागि रु ११ हजार एक सयको आजीवन सदस्य र रु एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ । पैतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम सङ्कलन गर्न थालिएको हो । कोषमा रु १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु १८ लाखभन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो।

गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ। ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताउनुभयो।

दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन्। योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नुभएको हो । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win