+
+

चासोक तङनामको अवसरमा खुल्ला फुटसल प्रतियोगिता सञ्चालन हुदै

67 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ पुष ३, बिहीबार २१:०८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको फिदिममा खुला फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ, जुन पुष ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।
२. प्रतियोगितामा खुल्ला पुरुष, खुल्ला महिला र ३० वर्ष उमेर माथिका विच फुटसल प्रतिस्पर्धा हुनेछ, जसमा विभिन्न पुरस्कार र ट्रफि प्रदान गरिनेछ।
३. प्रतियोगितामा सहभागि टिमले पुष १० गतेसम्ममा टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ, जसका लागि विभिन्न पुरस्कार र ट्रफिको व्यवस्था गरिएको छ।

पाँचथर- चासोक तङनामको अवसरमा पाँचथरको फिदिममा खुला फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ।
फिदिम २ मा अवस्थित पान्थर फुटसलको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता यहि पुष ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष, खुल्ला महिला र ३० वर्ष उमेर माथिका विच फुटसल प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा खुल्ला पुरुषतर्फको विजेताले उपाधिसहित नगद ८० हजार, दोस्रो हुने टिमले नगद ४० हजार साथै ट्रफि र मेडल, खुल्ला महिलातर्फ विजेताले उपाधिसहित नगद १० हजार, दोस्रो हुने टिमले नगद ५ हजार ट्रफि र मेडल प्राप्त गर्नेछ। यस्तै ३० वर्ष उमेर माथिको विजेताले उपाधिसहित नगद २० हजार, दोस्रो हुने टिमले नगद १० हजार, ट्रफि र मेडल पुरस्कार पाउने आयोजक पान्थर फुटसलले जानकारी दिएको छ।
साथै खुल्ला पुरुषतर्फ वेष्ट किपर, सर्वाधिक गोलकर्ता,वेष्ट प्लेयरले ट्रफि र मेडल पाउनेछ भने सेमिफाइनलदेखि म्यान अफ म्याच पुरस्कार पनि प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागि टिमले पुष १० गतेसम्ममा टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win