+
+

क्यान्सरका विरामीको सहयोगार्थ साइकल यात्रा सुरु

55 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ पुष १७, बिहीबार २३:२१
-- Sponsored --

AI सारांश

Fast AI

१. क्यान्सर जितेका साइकल यात्रीद्वय हर्क लामा र कविता चित्रकारको अगुवाइमा क्यान्सरका विरामीको उपचार सहयोगार्थ अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित पाँचथरबाट साइकल यात्रा सुरु भएको छ।
२. एक हजार ८०० किलोमिटर दूरी पार गर्ने उद्देश्यले थालिएको साइकल यात्रामा आठ जना साइकल यात्रीहरु तथा चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने अन्य आठ जना सदस्यहरु रहेका छन ।
३. क्यान्सर विरामीहरुको उपचार कोष स्थापना गर्ने उद्देश्यसहित यस अघिबाटै काम भइरहेको र हालसम्म रु. ४४ लाख रकम जम्मा भइसकेको छ।

फिदिम । क्यान्सर जितेका साइकल यात्रीद्वय हर्क लामा र कविता चित्रकारको अगुवाइमा क्यान्सरका विरामीको उपचार सहयोगार्थ अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित पाँचथरबाट साइकल यात्रा सुरु भएको छ।
साइकल यात्राद्वारा पुष्पलाल (मध्यपहाडी) राजमार्ग पार गर्ने लक्ष्यसहित आजदेखि राजमार्गको उद्गम विन्दू पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङबाट उक्त यात्रा सुरुआत भएको हो । एक हजार ८०० किलोमिटर दूरी पार गर्ने उद्देश्यले थालिएको साइकल यात्रामा आठ जना साइकल यात्रीहरु तथा चिकित्सक र वृत्तचित्र छायाङ्कन गर्ने अन्य आठ जना सदस्यहरु रहेका छन । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा साइकल कल्चर कम्युनिटीका अध्यक्ष डा. तारालाल श्रेष्ठका अनुसार उक्त संस्था र धुलिखेल अस्पतालको समन्वयमा साइकल यात्रा सुरुआत भएको हो। 
क्यान्सरलाई जितेका साइकल यात्री लामा र चित्रकारको अगुवाइमासञ्चालित यात्राले क्यान्सरका विरामीलाई आत्मबल प्रदान गर्ने, क्यान्सर लाग्दैमा जीवन सकिन्छ भन्ने भ्रम चिर्ने तथा क्यान्सरका विरामीको उपचार सहयोगार्थ अक्षयकोषमा रकम सङ्कलन गर्ने उद्देश्य रहेको डा. श्रेष्ठको भनाइ छ । “क्यान्सरका विरामीको सङ्ख्या अत्यधिक बढिरहेको अवस्था छ। यसले महामारीको रुप लिएको अवस्थामा क्यान्सरपछि  पनि जीवन छ भनेर देखाउनु जरुरी छ”, डा. श्रेष्ठले भन्नुभयो, “यस अभियानको अगुवाई गर्ने लामा र चित्रकारले क्यान्सरलाई जितेपछि अन्नपूर्ण सर्किट, मनाङ, उपल्लो मुस्ताङ लगायत क्षेत्रमा साहसिक साइकल यात्रा गरिसक्नु भएको छ।”
जेनजी आन्दोलनपछि देखिएको निराशा चिर्ने, मनोवैज्ञानिक विरामीलाई हौसला दिने, आशा त्यागेकाहरुलाई आशा दिने, विश्वभरिका सहयोग गर्न चाहने, मानवीयता देखाउनेहरुलाई जोड्न साइकल यात्रा सार्थक हुने अपेक्षा गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारले वताउनुभयो। “मध्यपहाडमा भेटिने सबैसँग अन्तरक्रिया गरेर नयाँ सन्देश प्रवाह गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं”, प्रा.डा. ताम्राकारले भन्नुभयो।
क्यान्सर विरामीहरुको उपचार कोष स्थापना गर्ने उद्देश्यसहित यस अघिबाटै काम भइरहेको र हालसम्म रु. ४४ लाख रकम जम्मा भइसकेको उहाँले जानकारी दिनुभयो। इश्वी संवतको पहिलो दिन जनवरी १ देखि सुरु भएको साइकल यात्रा वैतडीको झुलाघाटमा २९ दिनपछि सम्पन्न गर्ने आयोजकको योजना रहेको छ। नेपाल–भारत सीमावर्ती ३१०० मिटर उचाइमा रहेको चिवाभञ्ज्याङबाट आज दिउँसोदेखि सुरु भएको यात्राका यात्रीहरु साँझ याङवरक गाउँपालिका–६ गणेशचोक आइपुगेका छन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win