+
+

तुम्बेवामा चौथो अध्यक्ष कप जारी, फक्ताङलुङ, कुम्मायक र तुम्बेवा–१ क्वाटरफाइनलमा

2 पटक हेरिएको
Clock २०८३ जेष्ठ ३, आईतवार २३:४५
-- Sponsored --

AI सारांश

Fast AI

१. तुम्बेवा गाउँपालिका मा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत दोस्रो दिन आइतबार प्रि-क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन्।
२. फक्ताङलुङ एफसी, कुम्मायक स्पोर्टिङ क्लब र तुम्बेवा–१ ले विजयी हुँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका छन्।
३. जेठ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

मनोज थापा, पाँचथर

पाँचथरको तुम्बेवा गाउँपालिका मा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत दोस्रो दिन आइतबार प्रि-क्वाटर फाइनलका तीन खेल सम्पन्न भएका छन्। “एकताबद्ध देश, खेलकुदको सन्देश” भन्ने मूल नारासहित तुम्बेवा गाउँपालिका स्थित इन्द्राणि मा वि.को खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा फक्ताङलुङ एफसी, कुम्मायक स्पोर्टिङ क्लब र तुम्बेवा–१ ले विजयी हुँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका छन्।

पहिलो खेलमा फक्ताङलुङ एफसीले सल्लेरी एफसीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । फक्ताङलुङका लागि ओसन राई र निरोज लिङ्देनले एक–एक गोल गरे भने सल्लेरीका रेमन लिम्बुले सान्त्वना गोल फर्काएका थिए । खेलको प्लेयर अफ दि म्याच फक्ताङलुङका निरोज लिङ्देन घोषित भएका थिए।

दोस्रो खेलमा कुम्मायक स्पोर्टिङ क्लबले अरुणिमा युवा क्लबलाई ३–० गोलले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको छ। कुम्मायकका दिल सम्बाहाम्फे, दिप्सन लावती र सेमसिङ लावतीले एक–एक गोल गरेका थिए । उक्त खेलको प्लेयर अफ दि म्याच कुम्मायकका माराम फेवादिन घोषित थिएका छन्।

त्यस्तै तेस्रो खेलमा तुम्बेवा–१ ले मेवा एफसीमाथि ६–० को फराकिलो जित निकालेको छ। तुम्बेवाको जितमा सन्तोष लिम्बुले पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए भने मदन जबेगुले एक गोल गरेका थिए। खेलको प्लेयर अफ दि म्याच सन्तोष लिम्बु घोषित भएका थिए ।

सबै खेलका प्लेयर अफ दि म्याचले नगद रु. १ हजार ५ सय प्राप्त गरेका छन्।

प्रतियोगिताको तेस्रो दिन सोमबार महिला तर्फको एक तथा पुरुष तर्फका तीन खेल सञ्चालन हुनेछन्। महिला क्वाटर फाइनलमा बिहान १०ः३० बजे तुम्बेवा–२ र तुम्बेवा–३ बीच प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ प्रि-क्वाटर फाइनलमा बिहान ११ः३० बजे संजिवनी स्पोर्टिङ क्लब र तुम्बेवा फुटबल क्लब, दिउँसो १ः३० बजे ब्राइट स्टार नामतोक एफ.सी. र आयोजक सेतो त्यसरीनै दिउँसो ३ः३० बजे पहिलो क्वाटर फाईनल खेल सुम्निमा पारुहाङ एफ.सी. र आयोजक पहेलो बिच हुनेछ।

जेठ ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्।

महिला तर्फको विजेताले रु. ३३ हजार ३ सय ३३ र उपविजेताले रु. १६ हजार ३ सय ३३ सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

गाउँपालिका अध्यक्ष बाबुराम खड्का ले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास गर्नुका साथै युवाहरूमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार प्रतियोगितामार्फत तुम्बेवा गाउँपालिकाका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य समेत राखिएको छ। बाहिरी जिल्लाबाट आउने खेलाडी, दर्शक तथा पर्यटकमार्फत स्थानीय पर्यटन तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win