राप्रपा सकिदैन्, पुनर्जागृत भएर आउनेछः लिङदेन
AI सारांश
Fast AIराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका statements का आधारमा यस पार्टीका बारेमा ३ वटा मुख्य बुँदा यस प्रकार छन्:
१. **पार्टीविरोधी गतिविधि बर्दास्त नहुने:** अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र हुने पार्टीविरोधी गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका छन्।
२. **पार्टी पुनर्जागृत हुनेछ:** उनले राप्रपा समाप्त हुन्छ भन्ने भ्रम कसैले नराख्न आग्रह गर्दै पार्टी पुनर्जागृत भएर अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरेका छन्।
३. **मूल सिद्धान्तबाट पछि नहट्ने:** लिङदेनले राप्रपा आफ्नो मूल सिद्धान्तबाट पछि नहट्ने पनि बताए, जसमा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र तथा प्रशासनिक रूपमा जटिल र खर्चिलो प्रदेश संरचनाबारे पार्टीको धारणा यथावत् रहने स्पष्ट गरे।
काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र हुने पार्टीविरोधी गतिविधि कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारेका छन्।
उनले राप्रपा समाप्त हुन्छ भन्ने भ्रम कसैले नराख्न आग्रह गर्दै पार्टी पुनर्जागृत भएर अझ सशक्त रूपमा अघि बढ्ने दाबी गरेका छन्।
‘म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव मात्र हारेको हो,’ उनले भने, ‘चुनाव हार्दैमा कुनै पनि राजनीतिक दलको भविष्य समाप्त हुँदैन।’
लिङदेनले राप्रपा आफ्नो मूल सिद्धान्तबाट पछि नहट्ने पनि बताए। उनले अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र तथा प्रशासनिक रूपमा जटिल र खर्चिलो प्रदेश संरचनाबारे पार्टीको धारणा यथावत् रहने स्पष्ट गरे।
उनका अनुसार पार्टीले आफ्ना कमजोरी सच्याउँदै पुनर्गठनका साथ नयाँ ऊर्जा लिएर अघि बढ्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories








https://shorturl.fm/Vh3XZ
https://shorturl.fm/cpLDg
https://shorturl.fm/01JiC