0 प्रतिक्रिया
कटहरियामा विद्युत काटिँदा संकटः१६ सय परिवार तीन दिनदेखि खानेपानीबाट वञ्चित
AI सारांश
Fast AI१. रौतहटको कटहरिया नगरपालिकामा विद्युत लाइन काटिएपछि नगरपालिका कार्यालयदेखि खानेपानी सेवा सम्म ठप्प भएको छ।
२. वडा नं. ४ र ५ का करिब १६ सय परिवार प्रचण्ड गर्मीका बीच विगत तीन दिन देखि शुद्ध खानेपानीबाट वञ्चित भएका छन्।
३. नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख उमेश दासका अनुसार नगरपालिकाको ७३ हजार रुपैयाँ र खानेपानी उपभोक्ता समितिको १३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी बक्यौता बाँकी छ।
सञ्जय मिश्रा
रौतहट, ६ बैशाख
रौतहटको कटहरिया नगरपालिकामा विद्युत लाइन काटिएपछि नगरपालिका कार्यालयदेखि खानेपानी सेवा सम्म ठप्प भएको छ। वडा नं. ४ र ५ का करिब १६ सय परिवार प्रचण्ड गर्मीका बीच विगत तीन दिन देखि शुद्ध खानेपानीबाट वञ्चित भएका छन्, जसले स्थानीय जनजीवनमा गम्भीर असर पारेको छ।
नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाले बक्यौता महसुल नतिरेको कारण देखाउँदै तीन दिनअघि खानेपानी उपभोक्ता समितिको मिटर खोलेको थियो। त्यसपछि पालिका कार्यालयको समेत विद्युत आपूर्ति बन्द गरिएको हो, जसले प्रशासनिक कामकाज समेत पूर्ण रूपमा प्रभावित भएको छ।
स्थानीयवासीहरू पानी अभावले आक्रोशित बनेका छन्। वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहाले नगरप्रमुख अजय प्रकाश जैसवालको लापरवाहीका कारण समयमै भुक्तानी नभएको भन्दै दुःख व्यक्त गरेका छन्। यस्तै, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ताका अनुसार यसअघि पनि पटक–पटक यस्तै समस्या दोहोरिँदै आएको छ।
नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख उमेश दासका अनुसार नगरपालिकाको ७३ हजार रुपैयाँ र खानेपानी उपभोक्ता समितिको १३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी बक्यौता बाँकी छ। पटक–पटक ताकेता गर्दा पनि रकम नबुझाए पछि बाध्य भएर विद्युत लाइन काटिएको उनले स्पष्ट पारेका छन्। यद्यपि, प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रभावित नहोस् भनेर त्यहाँको लाइन भने यथावत राखिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले दुई दिनभित्र पालिकातर्फको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्। तर खानेपानी उपभोक्ता समितिको रकम भने पालिकाले तिर्न नसक्ने अडान लिएका छन्।
उता, खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले भने नगरपालिकाले पहिले नै पानीको महसुल निःशुल्क घोषणा गरेको र विगतमा पालिकाले नै भुक्तानी गर्दै आएको स्मरण गराउँदै तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
बढ्दो गर्मीका बीच पानीको अभावले जनजीवन कष्टकर बन्दै जाँदा स्थानीयवासीले छिटो समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









