+
+

१४ औँ धरान १० के रनमा पाँचथरकी पुष्पा शेर्मा दोस्रो

230 पटक हेरिएको
Clock २०८२ फाल्गुन १२, मंगलवार १३:०८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरकी धाविका पुष्पा शेर्माले १४ औँ धरान १० के रन को १० किलोमिटर खुल्ला महिलातर्फ दोस्रो स्थान हासिल गरेकी छन्।
२. शेर्माले १० किलोमिटर दूरी ४१ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी हुन्।
३. विभिन्न विधामा आयोजना गरिएको उक्त दौड प्रतियोगितामा पाँचथर जिल्लाबाट संघका अध्यक्ष पूर्णहाङ तुम्बापोसहित सदस्य इन्द्रमाया जवेगुलगायत १० जनाको टोलीले सहभागिता जनाएको थियो।

पाँचथर । १४ औँ धरान १० के रन को १० किलोमिटर खुल्ला महिलातर्फ पाँचथरकी धाविका पुष्पा शेर्माले दोस्रो स्थान हासिल गरेकी छन्।

“शिक्षाको निम्ति च्यारिटी दौड” भन्ने मूल नाराका साथ शनिबार धरानमा सम्पन्न प्रतियोगितामा शेर्माले १० किलोमिटर दूरी ४१ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएकी हुन्।

जिल्ला एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पूर्णहाङ तुम्बापो (रेन्जो) का अनुसार दौड पुतली लाइनबाट सुरु भई देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चोक, पानी टेङ्की, कल्याण चोक, मङ्गलबारे, रत्न चोक, बुद्ध चोकदुर्गा चोक हुँदै पुनः पुतली लाइन पार गरेर भानुचोकमा पुगेर सम्पन्न भएको थियो।

विभिन्न विधामा आयोजना गरिएको उक्त दौड प्रतियोगितामा पाँचथर जिल्लाबाट संघका अध्यक्ष तुम्बापोसहित सदस्य इन्द्रमाया जवेगुलगायत १० जनाको टोलीले सहभागिता जनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win