0 प्रतिक्रिया
कुम्मायकमा दुईदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
AI सारांश
Fast AI१. पाँचथरको कुम्मायक गाउँपालिकामा मिति २०८३ जेठ १३ र १४ गते दुईदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
२. शिविरमा सामान्य चिकित्सा सेवासँगै सर्जरी, बालरोग, स्त्रीरोग, छाला तथा यौनरोग, हाडजोर्नी, नाक–कान–घाँटी, आँखा तथा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।
३. माइनर ओ.टी. सेवा, भिडियो एक्स–रे, इसिजी, प्रयोगशाला परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्श एवं जनचेतनामूलक कक्षा सञ्चालन गरिने कुम्मायक आधारभूत अस्पतालका डा. एरिक बाँस्कोटाले जानकारी गराउनुभएको छ।
पाँचथर । नेपाली सेना श्री वीरदल गणको आयोजना तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा पाँचथरको कुम्मायक गाउँपालिकामा दुईदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
मिति २०८३ जेठ १३ र १४ गते सञ्चालन हुने उक्त शिविर कुम्मायक गाउँपालिका–१, यासोक बजारस्थित १५ सैया कुम्मायक आधारभूत अस्पताल परिसरमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने जनाइएको छ।
शिविरमार्फत कुम्मायक, तुम्बेवा, फाल्गुनन्द तथा मिक्लाजुङ गाउँपालिकाका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिनेछ। शिविरमा सामान्य चिकित्सा सेवासँगै सर्जरी, बालरोग, स्त्रीरोग, छाला तथा यौनरोग, हाडजोर्नी, नाक–कान–घाँटी, आँखा तथा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।
त्यसैगरी माइनर ओ.टी. सेवा, भिडियो एक्स–रे, इसिजी, प्रयोगशाला परीक्षण, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्श एवं जनचेतनामूलक कक्षा सञ्चालन गरिने कुम्मायक आधारभूत अस्पतालका डा. एरिक बाँस्कोटाले जानकारी गराउनुभएको छ।
मौकाको फाइदा उठाई स्वास्थ्य परीक्षण गराउन सम्बन्धित सबै नागरिकलाई आग्रह गरिएको छ।
साथै थप जानकारीका लागि डा. बाँस्कोटा (९८४६८७८७७०/ ९८६५१३६५५१) तथा सेमिक लावती (९८४२१२८८६५) मा सम्पर्क गर्न सकिने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









