+
+

पाँचथरमा जय नेपाल पार्टीको तदर्थ जिल्ला समिति गठन

277 पटक हेरिएको
Clock २०८३ आश्विन ७, बुधबार २०:५२
-- Sponsored --

AI सारांश

Fast AI

जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको पक्षमा विश्वासिलो दलको आवश्यकता पूरा गर्न पार्टी गठन गरिएको बताए।
फिदिममा आयोजित भेलाले राजकुमार जोशीलाई तदर्थ पाँचथर जिल्ला कार्यसमितिको सभापति चयन गरेका छन्।
भेलाले जिल्ला, स्थानीय तह र प्रदेश स्तरका कार्यसमितिका पदाधिकारीहरूको चयन गरी संगठन विस्तारको प्रक्रिया अगाडि बढाएको छ।

मनोज थापा

पाँचथर । ‘सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्र’को पक्षमा इमानदार भएर काम गर्ने विश्वासिलो राजनीतिक दलको आवश्यकता पूरा गर्न जय नेपाल पार्टी गठन गरिएको पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताएका छन्।

मंगलबार फिदिममा आयोजित भेलालाई सम्बोधन गर्दै लावतीले देशलाई माया गर्ने र देशको हित चाहने सबै शक्ति, समूह तथा व्यक्तिलाई समेटेर पार्टी जनतामाझ जाने बताए।

‘नेपाली–नेपालीबीचको एकता, राष्ट्रिय गौरवको निरन्तरता, सामाजिक सद्भाव र सहिष्णुतालाई सर्वोपरी मानेर हामी क्रियाशील रहनेछौं,’ उनले भने।

भेलाले पार्टीका केन्द्रीय सदस्य राजकुमार जोशीलाई तदर्थ पाँचथर जिल्ला कार्यसमितिको सभापति चयन गरेको छ। ३१ सदस्यीय जिल्ला कार्यसमितिको उपसभापतिमा कमल कुमार राई र भीम आचार्य, सचिवमा रोसिना बोहरा तथा सहसचिवमा योगेन्द्र सिगु र सविना वजी चयन भएका छन्।

जिल्ला सदस्यमा राजभक्त आङदेङवे, संजीव जोशी, धनबहादुर विक, राजकुमार सम्बाहाम्फे, मदन कुमार बोहरा, मिना गदाल, शिवकला लावती, नरेन्द्र लावती, मदन चाम्लिङ, रिमला जोशी, राम लावती, तीर्थ तामाङ, होम मगर, ऋतुवर्ण लिम्बु र विष्णु श्रेष्ठ चयन भएका छन्।

त्यस्तै, गाउँपालिका तथा नगरपालिकास्तरीय सभापतिमा याङवरकमा चरीमाया योङहाङ, फालेलुङमा राम तामाङ, फिदिममा नन्द लावती, तुम्बेवामा देवीधर्म खड्का, कुम्मायकमा चन्द्र लावती, फाल्गुनन्दमा मोती आङदेङवे र मिक्लाजुङमा रवीन राई चयन गरिएको पार्टीले जनाएको छ।

प्रदेश निर्वाचन कार्यसमिति (क) र (ख) को सभापतिमा क्रमशः गमबहादुर सिगु र रोशन घिमिरे चयन भएका छन्। उनीहरू जिल्ला कार्यसमितिका पदेन सदस्य रहनेछन्।

केन्द्रीय सम्मानित सल्लाहकार समितिका सदस्य क्या. जसबहादुर खेवाङको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं सचिवालय प्रमुख सगुन सुन्दर लावतीको उपस्थितिमा सम्पन्न भेलाले टठबहादुर घिमिरेको संयोजकत्वमा जिल्ला सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ। समितिको सदस्यमा नरबहादुर लावती र दलबहादुर समाल चयन भएका छन्।

जिल्ला सभापति राजकुमार जोशीले पार्टीको जिल्ला संगठन विस्तारसँगै स्थानीय तहसम्म संगठनलाई सक्रिय बनाउने तयारी भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win