0 प्रतिक्रिया
लाओती चुम्लुङहिमको भवन निर्माणमा दाताहरुको सहयोग जुट्दै
AI सारांश
Fast AI१. पापोहाङ लाओती सयङको भवन निर्माणको लागि स्थानीय सरकारको ५१ लाख ५० हजार रुपैंयाँ र दाताहरुको ७ लाख ५४ हजार २५७ रुपैयाँ सहयोग जुटेको छ।
२. तीन तले पक्की भवन निर्माण मध्ये हाल दुई तले भवन निर्माण कार्य सम्पन्न भएको छ, तर कोठा व्यवस्थापन हुन बाँकी रहेको छ।
३. निर्माणधिन भवनमा विभिन्न परिवारले कोठा निर्माण गर्ने प्रतिवद्धता प्राप्त भएको छ, र हाल सयङको खातामा ५ लाख ५० हजार रुपैयाँ बचत रहेको छ।
रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोकमा निर्माणधिन पापोहाङ लाओती चुम्लुङहिमको भवन निर्माण कार्यमा दाताहरुको सहयोग बढ्न थालेको छ। पापोहाङ लाओती सयङको अगुवाइमा भवन निर्माणको लागि स्थानीय सरकारको ५१ लाख ५० हजार रुपैंयाँ र दाताहरुको ७ लाख ५४ हजार २५७ रुपैयाँ सहयोग जुटेको हो। तीन तले पक्की भवन निर्माण गर्न गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ मा १२ लाख ५० हजार, २०७९-०८० मा १२ लाख त्यस्तै आर्थिक वर्ष २०८०-०८१ मा १७ लाख र २०८१-०८२ मा १० लाख गरी ५१ लाख ५० हजार रकम प्राप्त भएको पापोहाङ लाओती सयङ कुम्मायकका सचिव गंगा प्रसाद लाओतीले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८१-०८२ मा गाउँपालिकाको हिउँदे सभामार्फत २ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ। स्थानीय तहको सहयोग संगसंगै पापोहाङ लाओती सयङ प्रवास समिति र दाताहरुको पनि सहयोग जुट्ने क्रम बढेको छ। पापोहाङ लाओती सयङ प्रवास समिति हङकङबाट ३ लाख ८० हजार ४९० रुपैयाँ, जापानबाट ३३ हजार, काठमाडौं उपत्यका विसेष समितिबाट ४२ हजार सहयोग जुटेको छ। त्यस्तै पापोहाङ लाओती सयङ कुम्मायकबाट २ लाख ९८ हजार ७६७ रुपैयाँ संकलन भएको सचिव गंगा प्रसाद लाओतीले बताउनुभयो।
तीन तले पक्की भवन निर्माण मध्ये हाल दुई तले भवन निर्माण कार्य सम्पन्न भएको छ। तला निर्माण भएपनि कोठा व्यवस्थापन हुन बाँकी रहेको पापोहाङ लाओती सयङ कुम्मायक अध्यक्ष तेज प्रकाश लाओतीले जानकारी दिनुभयो। उहाँका अनुसार सोही भवनमा भिम नारेन लाओती र गैरिघरे लाओती परिवारले परिवारको संम्झनामा वैठक कक्ष निर्माण गर्ने छन्। वडाअध्यक्ष देबेन्द्रकुमार लावती लगायत तीन घरे परिवारले ३ लाख बराबरको कोठा निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको अध्यक्ष लाओतीको भनाइ छ।
निर्माणधिन भवनमा कुम्मायक–१ साविक–६ यासोक निवासी पदम लाल लाओती र लोक बहादुर लाओतीको परिवारले दोश्रो तलामा कोठा निर्माण गर्ने पापोहाङ लाओती सयङ कुम्मायकले जनाएको छ । हाल सयङको खातामा ५ लाख ५० हजार रुपैयाँ बचत रहेको छ ।
सहयोग रकम सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्ष वमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, प्रमुख प्रसाशकीय अधिकृत गणेश अधिकारी र वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









