+
+

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही

115 पटक हेरिएको
Clock २०८१ फाल्गुन ६, मंगलवार १४:५४
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ।
* केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरेको छ भने छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ गरेको छ।
* क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरेको छ र नेपाली विद्यार्थीहरूलाई परेको समस्याका लागि माफी मागेको छ।

काठमाडौं, ६ फागुन । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ। नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले गहिरो दुःख व्यक्त गरेको छ।

केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई  बर्खास्त गरेको छ। छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ गरेको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको छ। क्याम्पस कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरेको छ। नेपाली विद्यार्थीहरूलाई परेको समस्याका लागि माफी मागेको छ। ‘हामी हाम्रा विद्यार्थीहरूको सुरक्षा र हकहितलाई सबैभन्दा बढी प्राथमिकता दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win