+
+

तमोरमा पानीको सतह घट्यो, इनार निर्माण गर्न ठेक्का आह्वान

958 पटक हेरिएको
Clock २०८१ माघ १०, बिहीबार २०:०८
-- Sponsored --

AI सारांश

Fast AI

१. तमोर पंम्पिङ खानेपानी योजनाको इनारमा पानीको सतह घटेको छ, जसकारण पानी लिफ्ट गर्न प्रयोग गरिएको पंम्पमा असर पर्ने भन्दै सावधानी अपनाइने छ।
२. खानेपानी योजनाको दीर्घकालीन समस्या समाधान गर्न संघीय खानेपानी आयोजना इलामले अर्को गहिरो इनार निर्माणको लागि ठेक्का आह्वान गरेको छ।
३. गत वर्ष खानेपानीको इनारमा पानीको सतह घटेपछि पानी तान्ने पंम्पमा क्षति पुगेको थियो, जसकारण लामो समय खानेपानी अवरुद्ध भएको थियो।

रमेश थापा
पाँचथर-पाँचथरको यासोक सुख्खा क्षेत्र तमोर पंम्पिङ खानेपानी योजनाको इनारमा पानीको सतह घटेको छ। तमोर नदिमा पानीको सतह घटेसंगै खानेपानीको इनारमा पनि खानेपानीको सतह घटेको हो। मंगलबार पुर्वमन्त्री डम्बरसिं सम्बाहाम्फे, गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती, खानेपानी समिति अध्यक्ष मेघराज निरौला लगायतको टोलीले खानेपानी योजनाको निरिक्षण गरेको थियो । अनुगमनको क्रममा इनारमा पानीको सतह घटेको पाइएको छ । पानी लिफ्ट गर्न प्रयोग गरिएको पंम्पलाई असर गर्न सक्ने भन्दै सावधानी अपनाइने समितिका अध्यक्ष मेघराज निरौलाले जानकारी दिए ।
खानेपानीको इनारमा पानीको सतह डेढ मिटर मात्रै रहेको छ। नियमित पानी पंम्प गर्दा सो पानीको सतह घटे खानेपानी योजना अवरुद्ध हुने देखिएको छ। यस्तो अवस्थामा इनारमा पानीको सतह बढाउन तत्काललाई नियमित पानीको सतह नाप्ने र समस्या देखा परे इनार सफा गरी पानीको सतह बढाउने समितिका महासचिव जकेन्द्र लावतीले बताए । खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न संघीय खानेपानी आयोजना इलामले अर्को गहिरो इनार निर्माणको लागि ठेक्का आह्वान गरेको छ । कार्यालयले ठुलो क्षमताको इनार निर्माणको लागि ठेक्का आह्वान गरिएको हो । सो रकमबाट २०८२ असारमसान्त सम्ममा इनार निर्माण गर्न ठेक्का आह्वान गरिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा अर्को इनार निर्माण गर्नको लागि सो बजेट बिनियोजन गरिएको कार्यालयका इन्जिनियर रुपक पराजुलीले जानकारी दिए । तमोरमा खानेपानी लिफ्ट गर्न पुरानो इनारमा पानीको सतह घटेपछि त्यो भन्दा ठुलो क्षमताको इनार निर्माणको लागि बजेट बिनियोजन गरी ठेक्का खोलिएको कार्यालयको भनाइ छ । समितिलाई कार्यालयले योजनामा आवश्यक पर्ने अन्य सामाग्रीहरु समेत सहयोग गर्ने जनाएको छ ।
गत वर्ष खानेपानीको इनारमा पानीको सतह घटेपछि पानी तान्ने पंम्पमा क्षति पुगेको थियो। पंम्पमा क्षति पुगेपछि लामो समय खानेपानी अवरुद्ध भएको थियो । पंम्प मर्मत र खरिदको लागि ठुलो खर्च भएको भन्दै उपभोक्ता समितिले ठुलो क्षमताको इनार निर्माण गर्न माग गर्दै खानेपानी मन्त्रालय र संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामलाई ध्यानाकर्षण गराएको थियो । खानेपानीको जोखिम कम गर्न भन्दै मन्त्रालयले आवश्यक बजेट बिनियोजन गरेपछि इलामले ठेक्का आह्वान गरेको हो ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win