+
+

पाँचथरका आठ वटै स्थानीय तहमा नेकपा (एमाले) को विस्तारित बैठक सम्पन्न

314 पटक हेरिएको
Clock २०८२ मंसिर १, सोमबार ०८:४९
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लाका सात पालिका र एक नगरपालिकामा नेकपा (एमाले) को विस्तारित बैठक सम्पन्न भएका छन्।
२. बैठकहरूमा लोकतन्त्रको रक्षा, संविधान संरक्षण, हालको राजनीतिक घटनाक्रम, महाधिवेशन तयारी, संगठन सशक्तिकरण तथा जागरण अभियानलगायत विषयमा विस्तृत छलफल गरिएको छ।
३. जिल्ला कमिटी सचिव पृथ्वी लावतीका अनुसार मंसिर ४ गते जिल्लाका ६० वडामा कार्यक्रम सञ्चालन गरिने छ भने मंसिर ५ गते फिदिममा संविधान रक्षा तथा संसद पुनर्स्थापनाका लागि बृहत् र्याली आयोजना गरिनेछ।

पाँचथर, २०८२ मंसिर ०१–पाँचथर जिल्लाका सात पालिका र एक नगरपालिकामा नेकपा (एमाले) को विस्तारित बैठक सम्पन्न भएका छन्। बैठकहरूमा लोकतन्त्रको रक्षा, संविधान संरक्षण, हालको राजनीतिक घटनाक्रम, महाधिवेशन तयारी, संगठन सशक्तिकरण तथा जागरण अभियानलगायत विषयमा विस्तृत छलफल गरिएको छ।

कार्तिक २९ गते मिक्लाजुङ, याङवरक, फिदिम नगरपालिका, कुम्मायक, हिलिहाङ र फालेलुङ गाउँपालिकामा बैठक सम्पन्न भएका थिए।

मिक्लाजुङ गाउँपालिकाको बैठक पालिका अध्यक्ष रामेश्वर वाजीको अध्यक्षतामा र पार्टी केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज अइन्द्र सुन्दर नेम्वाङको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।

याङवरक गाउँपालिकाको बैठक पालिका अध्यक्ष राम योङ्हाङको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य नरबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

फिदिम नगरपालिकाको बैठक नगर कमिटी अध्यक्ष दिपेन्द्र तुम्बापोको अध्यक्षतामा र प्रदेश कमिटी सचिव राजकुमार भण्डारीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। 

त्यसैगरी, कार्तिक २९ कै दिन कुम्मायक गाउँपालिकाको बैठक पालिका अध्यक्ष मेघराज निरौलाको अध्यक्षतामा तथा पूर्व मन्त्री तथा पार्टी केन्द्रीय सदस्य श्रीप्रसाद जवेगुको प्रमुख अतिथ्यमा सम्पन्न भयो।

हिलिहाङ गाउँपालिकाको बैठक पालिका अध्यक्ष सन्तोष लिङ्देनको अध्यक्षतामा र केन्द्रिय सदस्य एवम् प्रदेश क इन्चार्ज आसारत्न जवेगुको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो।

फालेलुङ गाउँपालिकाको बैठक पालिका अध्यक्ष पुष्प तिम्सिनाको अध्यक्षतामा तथा प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज नारायण खातीको प्रमुख अतिथ्यमा सम्पन्न भयो।

कार्तिक ३० गते तुम्वेवा र फाल्गुनन्द गाउँपालिकामा विस्तारित बैठकहरू सम्पन्न भएको थियो।

तुम्वेवा गाउँपालिकाको आठौँ  विस्तारित बैठक पालिका अध्यक्ष कमल थापाको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङको प्रमुख अतिथ्यमा सम्पन्न भयो।

फाल्गुनन्द गाउँपालिकाको बैठक पालिका अध्यक्ष पुर्ण कुमार नेम्बाङको अध्यक्षतामा र केन्द्रिय निर्वाचन आयोग सदस्य कृष्णकुमार आङ्देम्बे को प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो।

सबै बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकार परिषद सदस्य, पालिका कमिटी सदस्य, लेखा आयोग पदाधिकारी, पालिका सल्लाहकार परिषद सदस्य, वडा कमिटी पदाधिकारी, टोल कमिटी अध्यक्ष, जनसंगठन कमिटीका अध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिहरू लगायतको सक्रिय उपस्थिती रहेको थियो।

जिल्ला कमिटी सचिव पृथ्वी लावतीका अनुसार मंसिर ४ गते जिल्लाका ६० वडामा कार्यक्रम सञ्चालन गरिने छ भने मंसिर ५ गते फिदिममा संविधान रक्षा तथा संसद पुनर्स्थापनाका लागि बृहत् र्याली आयोजना गरिनेछ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win