+
+

सिंह बाहिनी मन्दिरको उद्घाटन: धार्मिक पर्यटन प्रवर्द्धनतर्फ नयाँ कदम २० जना सम्मानित

103 पटक हेरिएको
Clock २०८१ पुष १, सोमबार ०९:३०
-- Sponsored --

AI सारांश

Fast AI

१. फाकफोकथुम गाउँपालिका १ नम्बर वडाको लुङ्सुङ्दाङ्स्थित चित्रेमा निर्माण सम्पन्न भएको सिंह बाहिनी मन्दिरको उद्घाटन गरिएको छ।
२. सिंह बाहिनी मन्दिर निर्माण तथा आर्थिक संकलका अभियानकर्ता रितेशजंग खत्रीले जानकारी दिए अनुसार दुई वर्ष अघिदेखि चलचित्र कलाकार संघ,नेपाल (फान) का केन्द्रीय सदस्य समेत रहेका स्थानीय अभियानकर्ता खत्रीको अगुवाईमा रकम संकलन शुरु गरिएको थियो।
३. स्थानीय भक्तजनलाई पुजापाठ गर्न सहज बनाउने र यस ठाँउको धार्मिक पर्यटकिय स्थलको रूपमा विकास गर्ने लक्ष्यका साथ ठालुमान पौडेलको नेतृत्वमा ११ सदस्यीय मन्दिर निर्माण तथा संरक्षण व्यवस्थापन समिति गठनपछि आवश्यक प्रक्रिया अगाडी बढाइएको थियो।

युद्धबहादुर बोहोरा इलामः उधौली पर्वको अवसर पारेर फाकफोकथुम गाउँपालिका १ नम्बर वडाको लुङ्सुङ्दाङ्स्थित चित्रेमा निर्माण सम्पन्न भएको सिंह बाहिनी मन्दिर उद्घाटन गरिएको छ। आइतबार स्थानीय पण्डित तथा पुरोहितबाट विधिवत रुपमा पाठपूजा गरी उद्घाटन गरिएको मन्दिर निर्माण तथा आर्थिक संकलका अभियानकर्ता रितेशजंग खत्रीले जानकारी दिए। साविक आमचोक ७ चित्रेमा रहेको सिंह बाहिनी देवीथानमा मन्दिर निर्माण गर्नको लागि दुई वर्ष अघिदेखि चलचित्र कलाकार संघ,नेपाल (फान) का केन्द्रीय सदस्य समेत रहेका स्थानीय अभियानकर्ता खत्रीको अगुवाईमा रकम संकलन  शुरु गरिएको थियो।

यस क्षेत्रमा बसोबास गर्ने स्थानीय विशेषगरी पौडेल वंश र अन्य थरका बासिन्दाहरुले परम्परादेखि पाठपूजा गर्दै हरेक वर्षको वैशाख पूर्णिमाका दिन कालो बोको बली दिंदै आएको यस ठाउँको देवस्थल संरक्षण र भौतिक संरचनाको अभावमा ओझेलमा परेका कारण सिंढीसहित मन्दिर निर्माण थालिएको खत्रीले बताए | देवस्थल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने उदेश्यले सोही ठाँउका पौडेल दाजुभाइबाट तीन लाख ७९ हजार ५३८ रुपैयाँ जुटेको थियो। फाकफोकथुम घरभइ हाल देश तथा विदेशमा रहेका दाताहरुले एक लाख ८४ हजार ४०६ रुपैंया सहयोग गरेको जनाइएको छ। गाउँपालिकाबाट दुई लाख गरी जम्मा अन्य स्थानीय बासीको सहयोगसहित करीब सात लाखको लागतमा संरचना बनाइएको उनले जानकारी गराए।

स्थानीय भक्तजनलाई पुजापाठ गर्न सहज बनाउने र यस ठाँउको धार्मिक पर्यटकिय स्थलको रूपमा विकास गर्ने लक्ष्यका साथ ठालुमान पौडेलको नेतृत्वमा ११ सदस्यीय मन्दिर निर्माण तथा संरक्षण व्यवस्थापन समिति गठनपछि आवश्यक प्रक्रिया अगाडी बढाइएको थियो। स्थानीय राजनीतिकर्मी, समाजसेवी गजेन्द्र पौडेल प्रमुख सल्लाहकार समिति रहेको यस समितिले देवस्थल आसपास थप जग्गा जुटाउने, सिंढीमा रेलिङ, घेराबारा, छेउमा गणेशको मन्दिर बनाउने योजना बनाएको छ। साथै  प्रतिक्षालय, स्टोर कोठा, धर्मशाला, प्रवेशद्वार, मन्दिरसम्म पुग्ने बाटो, विद्युतको व्यवस्थापन, परेवा तथा चराचुरुङ्गी बस्ने घर बनाउने अवधारणा राखेको छ। देवस्थल रहेको स्थलमा पानीको स्वच्छ मुहान भएको हुँदा पोखरी निर्माण गरी माछा पाल्ने र मनोरन्जनात्मक वातावरण तय गरिने परिकल्पना गरिएको छ। आवश्यक बजेटका लागि दाता र स्थानीय सरकार समक्ष पहल गरी रकम संकलन निरन्तर गरिने जनाइएको छ। गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको मन्दिरको संरचना बनेपछि स्थानीयबासीमा खुशी छाएको छ।

स्थानीयको माग अनुसार देवस्थललाई व्यवस्थित बनाउन पालिकाबाट घेराबारा र रेलिङको लागि बजेट छुट्याएर निर्माण पुरा गरिने अध्यक्ष खनालले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिवद्धता जनाए। उद्घाटन समारोहमा वडाध्यक्ष कर्ण बहादुर लिम्बु,कार्यपालिका सदस्य कविता राई,महिला सदस्य सीता बराइली,सुरक्षाकर्मी,स्थानीयबासिन्दाको उपस्थिति थियो। देवस्थल निर्माण गर्न आठ आनी जमीन निःशुल्क प्रदान गर्ने स्थानीयबासी बालकृष्ण दाहालसहित अन्य सहयोगीहरु २० जनालाई उद्घाटनको यसै अवसरमा सम्मान गरिएको छ। मन्दिर निर्माण अभियानका अगुवा खत्री र सहयोग गर्ने सबैलाई स्थानीयले धन्यवाद दिएका छन्। जिल्ला बाहिर बसेर कलाकारिताको क्षेत्रबाट आफ्नो परिचय कमाइरहेका अभियानकर्ता खत्रीले यस क्षेत्रमा विभिन्न समस्यामा परेका नागरिकलाई सहयोग गर्दै सामाजिका कार्यलाई थप प्राथमिकतामा राख्दै आएका छन्। पारिवारिक अवस्था कम्जोर भइ स्वास्थ्य उपचार गर्न वञ्चित भएका,विपतमा परेका मानिसलाई उद्धार तथा सहयता गर्दै समाजसेवामा अग्रसर खत्रीलाई उनको जन्म थलोका  पवित्र धार्मिक स्थालमा मन्दिर निर्माणको अभियान संचालन गरी सम्पन्न गरेकोमा  आम नागरिकले प्रशंसा र सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win