+
+

असन्तुष्ट कर्मचारीको ध्यानाकर्षण पत्र, कर्मचारीलाई काखा र पाखा नगर्न सुझाव

698 पटक हेरिएको
Clock २०८१ कार्तिक १, बिहीबार २०:३६
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिकाले हटाएका १४ कर्मचारीले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
२. गाउँपालिकाले एकै पटक हटाएका १९ कर्मचारी मध्ये चार कर्मचारीलाई पुनः नियुक्ति दिएको भन्दै आफुहरुलाई पनि पुनः नियुक्ति गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।
३. कुम्मायक आधारभूत अस्पतालका डा. उपेन्द्र पोख्रेल, रेडियोग्राफर, फर्मासिष्ट र ल्याभ टेक्निसियन गरी चार कर्मचारीलाई अस्पताल विकास समितिले पुनः नियुक्ति दिएको छ।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकाका पदमुक्त भएका १४ कर्मचारीले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । बिहिवार गाउँपालिकाले एकै पटक हटाएका १९ कर्मचारी मध्ये चार कर्मचारीलाई पुनः नियुक्ति दिएको भन्दै आफुहरुलाई पनि पुन नियुक्ति गर्न माग गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
कोशी प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवा (गठन सञ्चालन) ऐन,  २०८० को व्यवस्था विपरित कर्मचारी नियुक्ति गरी हटाएको थियो । तर गाउँपालिकाले हटाएको कुम्मायक आधारभूत अस्पतालका डा. उपेन्द्र पोख्रेल, रेडियोग्राफर, फर्मासिष्ट र ल्याभ टेक्निसियन गरी चार कर्मचारीलाई अस्पताल विकास समितिले पुनः नियुक्ति दिएको छ । नयाँ नियुक्ति गर्न कुनै पनि विधि र प्रकृया बिनै रातारात पुनरवहाली गरेको भन्दै यो विषयमा ध्यानाकर्षण गराएको डिल्ली रिजालले जानकारी दिए ।


‘प्रदेशका अधिकाम्स स्थानीय तहमा करारका कर्मचारी छन् । स्थानीय तहले करारका कर्मचारी हटाएको छैन । तर कुम्मायक गाउँपालिकाले आफुहरुले खाइपाई आएको सेवा सुविधा प्रदेशको कानुन देखाउँदै खोसेको प्रति दुःख लागेको महेन्द्र सुन्दर कार्कीले गुनासो गरे । “हाम्रो करार सेवा भंग भयो तर अस्पतालका कर्मचारीलाई अस्पताल विकास समितिले तत्कालै नियुक्ति दिदा अन्याय भएको महसुुस गरेका छौ कार्कीले भने” ।
ध्यानकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले अस्पताल विकास समितिले गरेको निर्णयले पालिकालाई कुनै असर नगर्ने भन्दै अस्पतालको कोषमा रहेको ४ लाख ५० हजार रुपैयाँबाट सेवा सुविधा उपलब्ध गराउँने बताए । ‘अस्पताल विकास समितिले चार जना स्वास्थ्यकर्मीलाई नियुक्ति गरेकाले यो विषय अस्पताल विकास समितिले जान्ने कुरा हो । प्रदेश सरकार समक्ष दबाव सृर्जना गर्नुहोस् अधिकारीले भने ।

गाउँपालिकाले प्रदेश सरकारको ऐन विपरित केही महिना अघि मात्रै नियुक्ति गरेका कुम्मायक आधारभूत अस्पतालका कर्मचारी सहित २०८० साल पौष २२ भन्दा अघि नियुक्ति भएका १९ कर्मचारी हटाएको थियो । यसरी एकैपटक ठूलो संख्यामा चौथो, पाँचौ र आठौ तहका दक्ष कर्मचारीहरु हटाएपछि गाउँपालिकाको सेवा प्रवाहमा समेत समस्या देखिन थालेको छ ।
सोहि ऐनलाई देखाएर गाउँपालिकाले ऐन जारी हुनुभन्दा अगाडीबाट कार्यरत कर्मचारी समेत हटाएको छ । गाउँपालिकाले कुम्मायक–१ को खाल्डे स्वास्थ्य ईकाइमा रहेका ३ जना कर्मचारी मध्ये २ जनाको करार भंग गरेर एक जना कार्यालय सहयोगी मात्र राखेको छ। यसरीनै कुम्मायक आखा अस्पताल, नागरिक आरोग्य केन्द्र, कृषि शाखा, प्राविधिक शाखा लगायतका कर्मचारीको करार भंग गरेको छ। प्रदेको ऐन जारी भइसकेपछि पनि गाउँपालिकाले कुम्मायक आधारभुत अस्पताल सञ्चालन गर्न कानुन विपरित कर्मचारी नियुक्ति गरी तलब भत्ता खुवाएको थियो । प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीको उपस्थितिमा तामझामका साथ निर्माणाधिन कुम्मायक आधारभुत अस्पतालको उद्घघाटन गरेको गाउँपालिकाले अस्पतालका लागि आठौं तहका डाक्टर लगायत ३ जना कर्मचारीको  नियुक्ति गरेको थियो । कुम्मायक गाउँपालिकाको कार्यपालिका बैठकले २०८१ असोज १६ गते बसेको बैठकले कर्मचारीको करार सेवा भंग गर्ने निणर्य गरेको थियो । सोही निणर्य अनुसार असोज २३ गते गाउँपालिकाले एक सुचना जारी गर्दै १९ कर्मचारीको करार सेवा भंग गरेको जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win