रमेश थापा
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेना रणशेर गण फिदिमले फालेलुङ गाउँपालिका–६ स्थीत बरभञ्याङमा हेलिप्याड निर्माण हो। नागरिक र नेपाली सेनाको सम्बन्धलाई मजवुत बनाउँदै विपद् तथा आपतकालिन समयमा उद्धार कार्यलाई सहजीकरण गर्न हेलिप्याड निर्माण गरिएको रणशेर ओर्दिनका गणपति प्रमुख सेनानी निरज प्रताप जबराले जानकारी दिनुभयो।
गाउँपालिकाबासीले विपतजन्य घटना तथा अन्य प्राकृतिक प्रकोपको समयमा आपतकालिन उद्धार गर्न हेलिप्याड निर्माणको लागि माग गर्दै आएका थिए। स्थानीयको मागको आधारमा वडा कार्यालय र रणशेर गणको जनसक्ति परिचालन गरी संयुक्त रुपमा नाईट ल्यान्डिङ्ग सुविधा सहितको हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निर्माण गरिएको सेनाले जनाएको छ।
फालेलुङ्ग गाउँपालिकाको एक मात्र हेलिप्याड माघ ३० गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो। निर्माण सम्पन्न भएको हेलिप्याड फागुन १३ गते “महाशिवरात्री तथा सेना दिवस २०८१” को अवसरमा जवराले उद्घाटन गरी वडा अध्यक्ष अमर वीर राईलाई हस्तान्तरण गर्नु भयो। उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, नेपाली सेनाको उपस्थिति रहेको थियो। हेलिप्याड निमार्णपछि वडा र गाउँपालिकाबासीलाई विपद्, स्वास्थ जटिलता तथा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई साधन मार्फत उद्धार तथा राहत सामाग्री ढुवानी कार्यमा सहज हुनुको साथै स्थानीय लाभान्वित हुने जनाइएको छ।
फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
सम्बन्धित खवर
Advertisment