0 प्रतिक्रिया
फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण
AI सारांश
Fast AIनेपालको पाँचथरको फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। यस हेलिप्याडको निर्माण नेपाली सेना रणशेर गण फिदिमले गरेको हो जसको उद्देश्य विपद् तथा आपतकालिन समयमा उद्धार कार्यलाई सहजीकरण गर्नु हो। यो हेलिप्याड फालेलुङ गाउँपालिका–६ स्थीत बरभञ्याङमा स्थापित गरिएको छ।
निम्नलिखित ३ वटा बुँदाहरुमा यस हेलिप्याडको विषयमा छोटो सारांश देखिन्छ:
१. **हेलिप्याड निर्माण**: फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ जसको उद्देश्य विपद् तथा आपतकालिन समयमा उद्धार कार्यलाई सहजीकरण गर्नु हो।
२. **निर्माणकार्य**: हेलिप्याडको निर्माण माघ ३० गतेदेखि सुरु गरिएको थियो र फागुन १३ गते "महाशिवरात्री तथा सेना दिवस २०८१" को अवसरमा उद्घाटन गरिएको थियो।
३. **लाभ**: हेलिप्याड निर्माणपछि वडा र गाउँपालिकाबासीलाई विपद्, स्वास्थ जटिलता तथा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई साधन मार्फत उद्धार तथा राहत सामाग्री ढुवानी कार्यमा सहज हुनुको साथै स्थानीय लाभान्वित हुने जनाइएको छ।
रमेश थापा
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेना रणशेर गण फिदिमले फालेलुङ गाउँपालिका–६ स्थीत बरभञ्याङमा हेलिप्याड निर्माण हो। नागरिक र नेपाली सेनाको सम्बन्धलाई मजवुत बनाउँदै विपद् तथा आपतकालिन समयमा उद्धार कार्यलाई सहजीकरण गर्न हेलिप्याड निर्माण गरिएको रणशेर ओर्दिनका गणपति प्रमुख सेनानी निरज प्रताप जबराले जानकारी दिनुभयो।
गाउँपालिकाबासीले विपतजन्य घटना तथा अन्य प्राकृतिक प्रकोपको समयमा आपतकालिन उद्धार गर्न हेलिप्याड निर्माणको लागि माग गर्दै आएका थिए। स्थानीयको मागको आधारमा वडा कार्यालय र रणशेर गणको जनसक्ति परिचालन गरी संयुक्त रुपमा नाईट ल्यान्डिङ्ग सुविधा सहितको हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निर्माण गरिएको सेनाले जनाएको छ।
फालेलुङ्ग गाउँपालिकाको एक मात्र हेलिप्याड माघ ३० गतेदेखि निर्माण कार्य सुरु गरिएको थियो। निर्माण सम्पन्न भएको हेलिप्याड फागुन १३ गते “महाशिवरात्री तथा सेना दिवस २०८१” को अवसरमा जवराले उद्घाटन गरी वडा अध्यक्ष अमर वीर राईलाई हस्तान्तरण गर्नु भयो। उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, नेपाली सेनाको उपस्थिति रहेको थियो। हेलिप्याड निमार्णपछि वडा र गाउँपालिकाबासीलाई विपद्, स्वास्थ जटिलता तथा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई साधन मार्फत उद्धार तथा राहत सामाग्री ढुवानी कार्यमा सहज हुनुको साथै स्थानीय लाभान्वित हुने जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









