0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
AI सारांश
Fast AIनेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसको महिला भलिबल टोलीसँगको भेटमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताए ।
दुई देशबीच शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिएका छन् ।
रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्ने प्रधानमन्त्री ओलीले जोड दिए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए ।
दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मकरुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य, आर्केष्ट्रा आदि संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









