0 प्रतिक्रिया
हिल्स फुटबल एकेडेमी भारतलाई हराउँदै चर्च व्बाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा
AI सारांश
Fast AI१. चर्च व्बाइज युनाइटेड पाँचथर गोल्डकपको सेमिफाइनलमा पुगेको छ, जसले हिल्स फुटबल एकेडेमीलाई ४–० गोलले हरायो।
२. चर्च व्बाइजका राज भुसाल, फोडे फोफोना र अभिषेक महतोले गोल गरे, र राज भुसालले म्यान अफ दि म्याच पुरस्कार प्राप्त गरे।
३. प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल फागनु २६ गते मछिन्द्र फुटबल क्लब र हिमालय शेर्पा क्लब बीच खेलिनेछ।
पाँचथर । पाहुना टोली हिल्स फुटबल एकेडेमी भारतलाई हराउँदै चर्च व्बाइज युनाइटेड पाँचथर गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
फिदिम मा.विको खेलमैदानमा आज फागुन २५ गते भएको दोस्रो क्वाटरफाइनलमा चर्च व्बाइजले हिल्स फुटबल एकेडेमीलाई ४–० गोलले हरायो। चर्च व्बाइजका राज भुसाल, फोडे फोफोना र अभिषेक महतोले गोल गरे।
आफ्नो टिमलाई जित दिलाउन राज भुसालले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै विदेशी खेलाडी फोडे फोफोनाले आठौँ मिनेटमा र अभिषेक भुसालले खेलको ६४ औँ मिनेटमा समान एक एक गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा राज भुसाले पुनः एक गोल गरेका थिए।
खेलको म्यान अफ दि म्याच चर्च व्बाइजका राज भुसाल बनका छन् । उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल फागनु २६ गते मछिन्द्र फुटबल क्लब र हिमालय शेर्पा क्लब खेल्दैछन् ।
फागुन २४ गते शनिबारदेखी शुरु भएको प्रतियोगितामा एक विदेशीसहित ८ टोली सहभागि रहेका छन् । ५ औँ संस्करणको पाँचथर गोल्डकपको फाइनल खेल चैत्र २ गते हुनेछ ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











