पाँचथर-पाँचथरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा प्रकाश गुरुङ चयन भएका छन्। सोमबार फिदिममा सम्पन्न रास्वपा पाँचथरको पहिलो जिल्ला सम्मेलनले गुरुङलाई सर्वसम्मत रूपमा जिल्ला सभापति चयन गरेको हो। गुरुङ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत हुन्।
सम्मेलनले सहरसिं तामाङलाई उपसभापति, धनकुमार धमलालाई सचिव, यामकुमार शिवाकोटीलाई सहसचिव, सिर्जना रिजाललाई कोषाध्यक्ष तथा मुना लक्सम, महेश्वर तिम्लसिना, चन्द्रप्रसाद आर्चाय, रबिन आङदेम्बे, सुनिल बर्मा र कुलराज तामाङलाई सदस्य पदमा चयन गरेको छ।
जिल्ला सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद डा. तोसिमा कार्की, सह-प्रवक्ता रमेश प्रशाईंलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
उक्त सम्मेलनले पार्टीको संगठन विस्तार र जिल्लास्तरीय नेतृत्वलाई सबल र सशक्त बनाउने उद्देश्य राखेको थियो।