+
+

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सबै स्थानीय तहलाई पञ्जीकरणको सर्कुलर

166 पटक हेरिएको
Clock २०८१ श्रावण ८, मंगलवार १०:४५
-- Sponsored --

AI सारांश

Fast AI

१. राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रष्ट पारेको छ ।

२. विभागले देशभरका ७५३ स्थानीय तहलाई एक सर्कुलर पठाउदै सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नरहेको स्पष्ट गरेको छ ।

३. मन्त्रिपरिषदले देशभर परेको वर्षाका कारण सिर्जना भएका बाढी, पहिरो र विपद्को अवस्थामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने निर्णय गरेको छ ।

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगरेको प्रष्ट पारेको छ ।

देशभरका सबै ७५३ सथानीय तहलाई एक सर्कुलर पठाउदै विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नरहेको स्पष्ट गरेको छ ।

विभागले देशभर निरन्तर परेको वर्षाका कारण ठाँउठाँउमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने मन्त्रिपरिषदले गरेको निर्णयका आधारमा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको र सोहि अनुसार कार्यान्वयन गराउन निर्देशन दिएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win