+
+

नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको सातौं विस्तारित बैठक सम्पन्न

224 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८२ कार्तिक २४, सोमबार ०९:०७
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको सातौं विस्तारित बैठक शनिबार जिल्ला समन्वय समितिको सभाहल, फिदिममा सम्पन्न भएको छ।
२. बैठकले हालको राजनीतिक परिस्थिति र संगठनात्मक अवस्थाको समग्र विश्लेषण गर्दै, पार्टीलाई अझ सुदृढ, अनुशासित र जनमुखी बनाउने उद्देश्यका साथ आगामी कार्ययोजना तय गरेको छ।
३. बैठकले विशेष रूपमा पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

पाँचथर — नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको सातौं विस्तारित बैठक शनिबार जिल्ला समन्वय समितिको सभाहल, फिदिममा सम्पन्न भएको छ। बैठकको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष विष्णु प्रसाद सापकोटाले गर्नुभएको थियो।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा पाँचथर इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, केन्द्रीय सदस्य श्रीप्रसाद जबेगु, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, प्रदेशका अन्य सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष, वडा अध्यक्ष तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकले हालको राजनीतिक परिस्थिति र संगठनात्मक अवस्थाको समग्र विश्लेषण गर्दै, पार्टीलाई अझ सुदृढ, अनुशासित र जनमुखी बनाउने उद्देश्यका साथ आगामी कार्ययोजना तय गरेको छ। साथै, देशमा भइरहेका समसामयिक राजनीतिक विषयहरू र आगामी कार्यदिशा सम्बन्धमा पनि विस्तृत छलफल गरिएको थियो।

बैठकले विशेष रूपमा पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

त्यसअन्तर्गत, बैठकले मंसिर २९ गते जिल्लाका ८ वटै गाउँपालिका र नगरपालिकामा पालिका–स्तरीय कार्यक्रम र मंसिर ४ गते जिल्लाभरका ६० वटै वडामा वडा–स्तरीय कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यी कार्यक्रमहरूलाई पार्टी थप ससक्त बनाउने साथै जागरण अभियानका रूपमा सञ्चालन गरिने छ।
ती कार्यक्रमहरूको जिम्मेवारी पालिका–स्तरमा जिल्लाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई र वडा–स्तरमा सम्बन्धित वडा इन्चार्जहरूलाई तोकिएको छ।

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोट कार्यक्रम मंसिर ७ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। पाँचथर जिल्लाबाट सात जना प्रतिनिधि सहभागी हुने छन्। साथै, मंसिर २ गते जनवर्गीय संगठन संयन्त्रको बैठक जनसंगठनका पदाधिकारीसहित बस्ने निर्णय पनि गरिएको छ।

बैठकमा प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारी, र पाँचथर इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङले हालको राजनीतिक अवस्था र नेकपा (एमाले) का भावी योजनाबारे आफ्ना विचार तथा निर्देशन प्रस्तुत गर्नुभएको थियो।

बैठकले पार्टीको नीति, सिद्धान्त र संगठनलाई जनस्तरमा अझ प्रभावकारी रूपमा पुर्‍याउँदै, आगामी चरणमा कोशी प्रदेश र केन्द्रस्तरमा पार्टीको भूमिका सशक्त र परिणाममुखी बनाउने निष्कर्ष निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win