0 प्रतिक्रिया
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छ : आङदेम्बे
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने वताउनुभएको छ। सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ नगरेको पाइएको वताउँदै आङदेम्बेले यस्तो कदमले राम्रो संकेत नगरेको वताउनुभयो।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई मध्यरातमा पक्राउ गर्ने काम लोकतान्त्रिक नभएको वताउँदै आङदेम्बेले राणालाई पक्राउ गर्ने र छोड्ने कुरा केटाकेटी खेलजस्तै भएको टिप्पणी गर्नुभयो। उहाँले राणालाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने र नियन्त्रणमा राख्नुको कारण स्पष्ट नपार्नु सरकारले आफूलाई पारदर्शितामा विश्वास संकेत गरेको वताउनुभयो । नेपाली काँग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत आज पाँचथरको फिदिममा आयोजित काँग्रेस प्रदेशसभा क्षेत्र नं. १ र २ को अधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रहरी पनि कानूनको कार्यान्वयन गर्ने निकायभन्दा आदेशपालक जस्तो भएको टिप्पणी गर्नुभयो ।
“हामीले सरकार पाँच वर्ष नै चलोस् भन्ने चाहेका छौं । लोकतन्त्रप्रति, दलहरुप्रति नागरिकको भरोसा नटुटोस्, देशमा निरङ्कुशताले जन्मन नपाओस् भनेर काँग्रेसले वर्तमान सरकारको पूर्ण आयु चाहेको हो”, आङ्देम्बेले भन्नुभयो, “तर राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको ठूलो अभिमत लिएर सरकार चलाइरहँदा सरकार उक्त दलको मातहतमा सरकार छ कि छैन भनेर प्रश्न उठेको छ। यो खालको अवस्थाले राम्रो संकेत गरिरहेको छैन।”
आङदेम्बेले गत निर्वाचनमा जनतालाई काँग्रेस पार्टीलाई नभइ आफ्नालाई मात्रै च्याप्ने प्रवृत्तिविरुद्ध नयाँ पार्टीलाई छानेको वताउँदै छोराछोरी पुस्ताका जेनजीले मरेर ल्याइदिएको ब्यवस्थामा उनीहरुकै भावनालाई पाखा लगाएर हिँड्ने प्रवृत्तिले दलका प्रति नै बितृष्णा जन्मने खतरा रहेको वताउनुभयो। आङदेम्बेले काँग्रेसमा १३ हजारभन्दा बढी युवाहरु एकै पटक सामेल भएको वताउँदै जेनजी पुस्ताका युवाहरु वडादेखि केन्द्रसम्म पाँच तहमा नेतृत्व तहमा पुगेर नवीन काँग्रेस निर्माण भएको वताउनुभयो । उहाँले अब काँग्रेसमा प्यानल खडा नहुने पनि वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले पनि सरकारको कार्यशैलीको आलोचना गर्दै कांग्रेसले संसद् र बाहिरबाट सरकारलाई सकारात्मक सहयोग गर्न खोज्दासमेत सरकारको भूमिका सन्तोषजनक नरहेको वताउनुभयो । पाँचथरमा जारी कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट ३४ जना केन्द्रीय महाधिवेशन निर्वाचित हुने काँग्रेस पाँचथरका सचिव दीपक नेपालले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






