0 प्रतिक्रिया
जेनजी मुभमेन्टले माग्यो बिबादस्पद गृहमन्त्री गुरूङको राजिनामा
AI सारांश
Fast AIयस नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश यस प्रकार छ:
* जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङको राजिनामा माग गरेको छ।
* गृहमन्त्री गुरूङको अस्वभाविक सम्पति सार्बजनिक भए पछि निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न मुवमेन्टले माग गरेको हो।
* मुवमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी दिएको छ।
काठमाडौं, ७ बैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङको राजिनामा माग गरेको छ।
सामाजिक अभियन्ता हुदैँ राजनीतिमा छिरेका गृहमन्त्री गुरूङको अस्वभाविक सम्पति सार्बजनिक भए पछि निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न मुभमेन्टले माग गरेको हो।
प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने भन्दै तत्काल राजिनामा वा बर्खास्त गरेर छानबिन गर्नु पर्ने मुभमेन्टको माग छ । मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको उसको तर्क छ।
यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।’ मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









