+
+

फालेलुङ–३ मच्छेबुङ्मा ७ औँ फालेलुङ च्यालेन्ज कप अन्तरपालिका भलिबल हुदै

Clock २०८१ फाल्गुन २१, बुधबार १३:५८
-- Sponsored --

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ मच्छेबुङमा ७ औँ फालेलुङ च्यालेन्ज कप अन्तरपालिका आमन्त्रण भलिबल टुर्नामेन्ड हुने भएको छ।
जुनेली युवा क्लबकोे आयोजनामा सरस्वती मा.वी. को खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिता फागुन २७, २८ र २९ गते तिन दिनसम्म रहने छ। अन्तरपालिका स्तरीय भलिबल टुर्नामेन्टमा जम्मा ९ टिम सहभागी हुने छन्। जसमा झापा जिल्लाको शिवसताक्षी नगरपालिका र बाह्रदशी गाउँपालिका, ताप्लेजुङको सिदिङवा गाउँपालिका, पाँचथरकै मिक्लाजुङ, हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका रहेका छन्। आयोजक जुनेली युवा क्लब, पाँचथरको पनि प्रतिस्पर्धा रहेने आयोजक क्लबका अध्यक्ष भक्त चौहानले बताउनुभयो।
प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। त्यस्तै दोस्रो हुने टिमले ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तस्रो पुरस्कार राशि २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको अध्यक्ष चौहानले बताउनुभयो।
फागुन २९ गते फाइनलका दिन बरदान संगीतालयको नृत्य प्रस्तुत हुनेछ भने चर्चित कलाकार डम्बर नेपाली, पाँचथर तारा २०७२ सुनील केरुङ, दिक्षा खजुम लगायतको साँस्कृतिक कार्यक्रमको पनि रहकोे आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस