0 प्रतिक्रिया
असोज २३ गते फिदिममा लाइभ कन्सर्ट, गुन्जँदैछन् केहर सिंहका लोकप्रिय गीत
AI सारांश
Fast AI१. लोकप्रिय गायक केहर सिंह लिम्बूको ब्याण्डले असोज २३ गते पाँचथरको फिदिममा लाइभ कन्सर्ट दिने भएको छ।
२. 'पाँचथर म्युजिक एन्ड टुरिजम फेस्टिभल–२०८३' को अवसरमा आयोजित यस कन्सर्टमा रबिन लेछर्बो र आलब मेन्याङबो समेत प्रस्तुत हुनेछन्।
३. संगीत पर्यटनसँग जोडेर स्थानीय व्यवसाय र सामाजिक कार्यमा टेवा पु¥याउने उद्देश्यले ५ देखि ६ हजार दर्शकको सहभागिता अपेक्षा गरिएको छ।
इवारा जवेगु, पाँचथर । “वैगुनी”, “सरर सरर”, “तिमीलाई सम्झेर”, “कता छौ मेरो फूल” जस्ता लोकप्रिय गीतका गायक केहर सिंह लिम्बूको प्रस्तुति असोज २३ गते शुक्रबार पाँचथरको फिदिममा गुन्जने भएको छ।
पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बनेका गायक लिम्बूको ब्याण्ड केहर एन्ड दि लुङा ब्याण्डले फिदिममा लाइभ कन्सर्ट गर्ने भएको हो।
‘पाँचथर म्युजिक एन्ड टुरिजम फेस्टिभल–२०८३’ को अवसरमा मिलनसार प्रोडक्सन र चोंलुङ प्रोडक्सनको संयुक्त आयोजनामा फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कन्सर्ट आयोजना हुन लागेको हो।
कन्सर्टलाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रम शुक्रबार साँझ ६ बजेदेखि सुरु हुनेछ।
कन्सर्टमा केहर एन्ड दि लुङा ब्याण्डको प्रस्तुतिसँगै चर्चित गायक रबिन लेछर्बो, बाल गायक आलब मेन्याङबो तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
सांगीतिक कार्यक्रमलाई संगीत पर्यटनसँग जोड्दै पर्यटकीय क्षेत्रको प्रवद्र्धन, स्थानीय व्यवसायिक गतिविधिमा टेवा पु¥याउने तथा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक चोंलुङ प्रोडक्सनका सञ्चालक भुपेन लिम्बूले बताउनुभयो।
उहाँका अनुसार कन्सर्टमा पाँचदेखि छ हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






