0 प्रतिक्रिया
कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने
AI सारांश
Fast AIगणतन्त्र दिवस २०८२ को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिवसलाई भव्य रूपमा मनाउन निर्देशन दिएका छन् । यो दिवस जेठ १४, १५ र १६ दिवसमा मनाइने निर्णय गरिएको छ । मुख्यमन्त्री कार्कीले दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्ने बताएका छन् ।
यस दिवसको आयोजना गर्न मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएका छन् ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रूपमा नभई भव्य रूपमा मनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुनेगरी मनाउनुपर्ने बताए ।
उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ । गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ।’
बैठकले आगामी जेठ १४, १५ र १६ दिवसमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् ।
मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिए । दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









