0 प्रतिक्रिया
पाँचथर कांग्रेसको वडा र पालिका अधिवेशन सम्पन्न, यस्तो छ नयाँ नेतृत्व (सूचीसहित)
AI सारांश
Fast AI१. पाँचथरका आठवटै स्थानीय तह र ६० वटै वडामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्वसम्मत नेतृत्व चयन भएसँगै स्थानीय तहको अधिवेशन प्रक्रिया सम्पन्न भएको छ।
२. असोज ९ गते बसेको बैठकले मौसम प्रतिकूल हुने पूर्वानुमानका कारण असोज १२ गते प्रदेशसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
३. अधिवेशनबाट फिदिम नगरपालिकाका नरेन्द्र गुरुङ, तुम्बेवा गाउँपालिकाका बाबुराम खड्का समेत गरी सबै स्थानीय तहका नयाँ सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका छन्।
मनोज थापा
पाँचथर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरमा वडा तथा पालिका तहको अधिवेशन प्रक्रिया सम्पन्न भएको छ। जिल्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठवटै स्थानीय तह तथा ६० वटै वडामा नेतृत्व चयन भएसँगै स्थानीय तहको अधिवेशन चरण पूरा भएको हो। असोज ३ र ४ गते वडा तथा असोज ७ र ८ गते पालिका अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनबाट सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस पाँचथरले जनाएको छ। अब पार्टीको प्रदेशसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा जिल्ला तहको अधिवेशन प्रक्रिया अघि बढ्ने भएको छ।
कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगुको अध्यक्षतामा असोज ९ गते बसेको विशेष बैठकमा केन्द्रीय सदस्य नरेन्द्रकुमार केरुङलगायतको उपस्थिति थियो। बैठकले ६० वटै वडा र आठवटै पालिकाको अधिवेशन सम्पन्न भएको जानकारीसहित आगामी अधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले असोज १२ गते अधिवेशनको उद्घाटन गरी प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। मौसम प्रतिकूल रहने पूर्वानुमानका कारण यस्तो निर्णय गरिएको जनाइएको छ।
चयन भएका पालिका तथा वडा सभापतिहरूको विवरण यसप्रकार छ–
कुम्मायक गाउँपालिका
कुम्मायक गाउँपालिकाको कांग्रेस सभापतिमा टंक पौडेल सर्वसम्मत चयन भएका छन्। गाउँपालिकाका पाँचवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व सर्वसम्मत चयन भएको छ।

- वडा नं. १ — लैनबहादुर तामाङ
- वडा नं. २ — कबिन निरौला
- वडा नं. ३ — श्री प्रसाद सम्बाहाम्फे
- वडा नं. ४ — कमल चम्लागाईं
- वडा नं. ५ — पूर्ण बहादुर पाण्डे
तुम्बेवा गाउँपालिका
तुम्बेवा गाउँपालिकाको कांग्रेस सभापतिमा गाउँपालिका अध्यक्षसमेत रहेका बाबुराम खड्का दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन भएका छन्। गाउँपालिकाका पाँचवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व सर्वसम्मत चयन गरिएको छ।

- वडा नं. १ — धन देवान
- वडा नं. २ — टठबहादुर पिठाकोटे
- वडा नं. ३ — राजकुमार खत्री
- वडा नं. ४ — रविबहादुर राई
- वडा नं. ५ — जहरमान कुरुम्बाङ
फाल्गुनन्द गाउँपालिका
फाल्गुनन्द गाउँपालिकाको सभापतिमा कुमार तामाङ चयन भएका छन्। गाउँपालिकाका सातवटै वडामा पनि कांग्रेसको नेतृत्व चयन गरिएको छ।

- वडा नं. १ — हेमराज आङ्देम्बे
- वडा नं. २ — हर्कबहादुर नेम्वाङ
- वडा नं. ३ — धनकुमार मोक्तान
- वडा नं. ४ — सहेन्द्र कुमार चेम्जोङ
- वडा नं. ५ — देवीचन्द्र आङ्देम्बे
- वडा नं. ६ — रेवतराज आङ्देम्बे
- वडा नं. ७ — देउकुमार आङ्देम्बे
हिलिहाङ गाउँपालिका
हिलिहाङ गाउँपालिकाको सभापतिमा टेकराज योङहाङ चयन भएका छन्। पालिकाअन्तर्गतका सातवटै वडामा पनि नेतृत्व चयन भएको छ।

- वडा नं. १ — भीमकुमार श्रेष्ठ
- वडा नं. २ — दिलबहादुर बानियाँ
- वडा नं. ३ — ज्ञानबहादुर कटुवाल
- वडा नं. ४ — लक्ष्मी दंगाल
- वडा नं. ५ — मानबहादुर योङहाङ
- वडा नं. ६ — गणेश योङहाङ
- वडा नं. ७ — इन्द्र सुवेदी
मिक्लाजुङ गाउँपालिका
मिक्लाजुङ गाउँपालिकाको सभापतिमा गणेश वाजी चयन भएका छन्। गाउँपालिकाका आठवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व चयन गरिएको छ।

- वडा नं. १ — भगेन्द्र आङ्देम्बे
- वडा नं. २ — जस नारायण आङ्देम्बे
- वडा नं. ३ — पूर्ण मगर
- वडा नं. ४ — दीपेन्द्र राई
- वडा नं. ५ — हाङसुन्दर लावती
- वडा नं. ६ — ज्ञानबहादुर तामाङ
- वडा नं. ७ — बेबेन्द्र माखिम
- वडा नं. ८ — जगत कुमार वाजी
फालेलुङ गाउँपालिका
फालेलुङ गाउँपालिकाको सभापतिमा पालिका अध्यक्ष समेत रहेका वीरविक्रम थाम्सुहाङ चयन भएका छन्। गाउँपालिकाका आठवटै वडामा पनि नेतृत्व चयन गरिएको छ।

- वडा नं. १ — कमल यवा
- वडा नं. २ — उधप खतिवडा
- वडा नं. ३ — नवीन केरुङ
- वडा नं. ४ — रामचन्द्र गुरुङ
- वडा नं. ५ — गणेश खपाङ्गी
- वडा नं. ६ — मनोजकुमार राई
- वडा नं. ७ — प्रकाश केरुङ
- वडा नं. ८ — यामबहादुर कुरुम्बाङ
याङवरक गाउँपालिका
याङवरक गाउँपालिकाको सभापतिमा दीपक प्याकुरेल चयन भएका छन्। गाउँपालिकाका छवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व चयन गरिएको छ।

- वडा नं. १ — जहरमान बेघा
- वडा नं. २ — हरि अधिकारी
- वडा नं. ३ — नवीन राई
- वडा नं. ४ — भानुभक्त पोख्रेल
- वडा नं. ५ — पुण्यप्रकाश बास्कोटा
- वडा नं. ६ — कबिरधोज योङहाङ
फिदिम नगरपालिका
पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाका १४ वटै वडामा नेपाली कांग्रेसको वडा नेतृत्व चयन भएको छ। उपलब्ध विवरणअनुसार नगरपालिकाको सभापतिमा नरेन्द्र गुरुङ चयन भएका छन्।

वडागत रूपमा चयन भएका सभापतिहरू:
- वडा नं. १ — कृष्ण प्रसाद मिश्र
- वडा नं. २ — कृष्णराज पौडेल
- वडा नं. ३ — धन प्रसाद (प्रकाश) तामाङ
- वडा नं. ४ — यमुनाचारी ढकाल
- वडा नं. ५ — पूर्णबहादुर श्रेष्ठ
- वडा नं. ६ — कमल आचार्य
- वडा नं. ७ — प्रताप लामा
- वडा नं. ८ — सन्तवीर राई
- वडा नं. ९ — गंगाप्रसाद राई
- वडा नं. १० — भुवन जबेगु
- वडा नं. ११ — श्रीप्रसाद घिमिरे
- वडा नं. १२ — यमबहादुर न्यौपाने
- वडा नं. १३ — हस्तराज सुरेस नेम्वाङ
- वडा नं. १४ — गणेश बान्तावा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






