+
+

पाँचथर कांग्रेसको वडा र पालिका अधिवेशन सम्पन्न, यस्तो छ नयाँ नेतृत्व (सूचीसहित)

20 पटक हेरिएको
Clock २०८३ आश्विन ८, बिहीबार २१:३०
-- Sponsored --

पाँचथर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पाँचथरमा वडा तथा पालिका तहको अधिवेशन प्रक्रिया सम्पन्न भएको छ। जिल्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठवटै स्थानीय तह तथा ६० वटै वडामा नेतृत्व चयन भएसँगै कांग्रेसको स्थानीय तहको अधिवेशन चरण पूरा भएको हो।

पाँचथरमा यही असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज ७ र ८ गते पालिका अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट वडा तथा पालिका तहमा नयाँ नेतृत्व चयन गरिएको छ। स्थानीय तहको अधिवेशन सम्पन्न भएसँगै अब कांग्रेसको क्षेत्रीय तथा जिल्ला तहका अधिवेशनतर्फको प्रक्रिया अघि बढ्ने भएको छ।

नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका तहको अधिवेशनबाट प्रत्येक पालिकामा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। त्यस्तै, निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने वैधानिक प्रावधान रहेको छ।

वडा तहमा पनि समावेशी प्रतिनिधित्वलाई ध्यान दिँदै सदस्य चयन हुने व्यवस्था गरिएको छ। प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य, युवा क्लस्टरतर्फबाट एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।

वडा तथा पालिका तहमा नेतृत्व चयन भएसँगै पाँचथरमा कांग्रेसको आगामी महाधिवेशन प्रक्रियाका लागि आवश्यक संगठनात्मक आधार तयार भएको छ। स्थानीय तहको नेतृत्व चयनले पार्टीका गतिविधिलाई थप व्यवस्थित बनाउँदै क्षेत्रीय तथा जिल्ला तहका अधिवेशनलाई अघि बढाउन सहज हुने कांग्रेसका नेताहरूले बताएका छन्।

चयन भएका पालिका सभापति र वडा सभापतिहरूको विवरण यसप्रकार छ।

कुम्मायक गाउँपालिका

कुम्मायक गाउँपालिकाको सभापतिमा टंक पौडेल चयन भएका छन्। गाउँपालिकाका पाँचवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व चयन भएको छ।

  • वडा नं. १ — लैनबहादुर तामाङ
  • वडा नं. २ — कबिन निरौला
  • वडा नं. ३ — श्री प्रसाद सम्बाहाम्फे
  • वडा नं. ४ — कमल चम्लागाईं
  • वडा नं. ५ — पूर्ण बहादुर पाण्डे

तुम्बेवा गाउँपालिका

तुम्बेवा गाउँपालिकाको सभापतिमा गाउँपालिका अध्यक्षसमेत रहेका बाबुराम खड्का चयन भएका छन्। गाउँपालिकाका पाँचवटै वडामा पनि नेतृत्व चयन गरिएको छ।

  • वडा नं. १ — धन देवान
  • वडा नं. २ — टठबहादुर पिठाकोटे
  • वडा नं. ३ — राजकुमार खत्री
  • वडा नं. ४ — रविबहादुर राई
  • वडा नं. ५ — जहरमान कुरुम्बाङ

फाल्गुनन्द गाउँपालिका

फाल्गुनन्द गाउँपालिकाको सभापतिमा कुमार तामाङ चयन भएका छन्। गाउँपालिकाका सातवटै वडामा पनि कांग्रेसको नेतृत्व चयन गरिएको छ।

  • वडा नं. १ — हेमराज आङ्देम्बे
  • वडा नं. २ — हर्कबहादुर नेम्वाङ
  • वडा नं. ३ — धनकुमार मोक्तान
  • वडा नं. ४ — सहेन्द्र कुमार चेम्जोङ
  • वडा नं. ५ — देवीचन्द्र आङ्देम्बे
  • वडा नं. ६ — रेवतराज आङ्देम्बे
  • वडा नं. ७ — देउकुमार आङ्देम्बे

हिलिहाङ गाउँपालिका

हिलिहाङ गाउँपालिकाको सभापतिमा टेकराज योङहाङ चयन भएका छन्। पालिकाअन्तर्गतका सातवटै वडामा पनि नेतृत्व चयन भएको छ।

  • वडा नं. १ — भीमकुमार श्रेष्ठ
  • वडा नं. २ — दिलबहादुर बानियाँ
  • वडा नं. ३ — ज्ञानबहादुर कटुवाल
  • वडा नं. ४ — लक्ष्मी दंगाल
  • वडा नं. ५ — मानबहादुर योङहाङ
  • वडा नं. ६ — गणेश योङहाङ
  • वडा नं. ७ — इन्द्र सुवेदी

मिक्लाजुङ गाउँपालिका

मिक्लाजुङ गाउँपालिकाको सभापतिमा गणेश वाजी चयन भएका छन्। गाउँपालिकाका आठवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व चयन गरिएको छ।

  • वडा नं. १ — भगेन्द्र आङ्देम्बे
  • वडा नं. २ — जस नारायण आङ्देम्बे
  • वडा नं. ३ — पूर्ण मगर
  • वडा नं. ४ — दीपेन्द्र राई
  • वडा नं. ५ — हाङसुन्दर लावती
  • वडा नं. ६ — ज्ञानबहादुर तामाङ
  • वडा नं. ७ — बेबेन्द्र माखिम
  • वडा नं. ८ — जगत कुमार वाजी

फालेलुङ गाउँपालिका

फालेलुङ गाउँपालिकाको सभापतिमा पालिका अध्यक्ष समेत रहेका वीरविक्रम थाम्सुहाङ चयन भएका छन्। गाउँपालिकाका आठवटै वडामा पनि नेतृत्व चयन गरिएको छ।

  • वडा नं. १ — कमल यवा
  • वडा नं. २ — उधप खतिवडा
  • वडा नं. ३ — नवीन केरुङ
  • वडा नं. ४ — रामचन्द्र गुरुङ
  • वडा नं. ५ — गणेश खपाङ्गी
  • वडा नं. ६ — मनोजकुमार राई
  • वडा नं. ७ — प्रकाश केरुङ
  • वडा नं. ८ — यामबहादुर कुरुम्बाङ

याङवरक गाउँपालिका

याङवरक गाउँपालिकाको सभापतिमा दीपक प्याकुरेल चयन भएका छन्। गाउँपालिकाका छवटै वडामा पनि कांग्रेसको वडा नेतृत्व चयन गरिएको छ।

  • वडा नं. १ — जहरमान बेघा
  • वडा नं. २ — हरि अधिकारी
  • वडा नं. ३ — नवीन राई
  • वडा नं. ४ — भानुभक्त पोख्रेल
  • वडा नं. ५ — पुण्यप्रकाश बास्कोटा
  • वडा नं. ६ — कबिरधोज योङहाङ

फिदिम नगरपालिका

पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाका १४ वटै वडामा नेपाली कांग्रेसको वडा नेतृत्व चयन भएको छ। उपलब्ध विवरणअनुसार नगरपालिकाको सभापतिमा नरेन्द्र गुरुङ चयन भएका छन्।

वडागत रूपमा चयन भएका सभापतिहरू:

  • वडा नं. १ — कृष्ण प्रसाद मिश्र
  • वडा नं. २ — कृष्णराज पौडेल
  • वडा नं. ३ — धन प्रसाद (प्रकाश) तामाङ
  • वडा नं. ४ — यमुनाचारी ढकाल
  • वडा नं. ५ — पूर्णबहादुर श्रेष्ठ
  • वडा नं. ६ — कमल आचार्य
  • वडा नं. ७ — प्रताप लामा
  • वडा नं. ८ — सन्तवीर राई
  • वडा नं. ९ — गंगाप्रसाद राई
  • वडा नं. १० — भुवन जबेगु
  • वडा नं. ११ — श्रीप्रसाद घिमिरे
  • वडा नं. १२ — यमबहादुर न्यौपाने
  • वडा नं. १३ — हस्तराज सुरेस नेम्वाङ
  • वडा नं. १४ — गणेश बान्तावा

यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका आठवटै स्थानीय तह र ६० वटै वडामा नेतृत्व चयन प्रक्रिया पूरा भएको छ। वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भएपछि अब पार्टीको निर्धारित कार्यतालिकाअनुसार क्षेत्रीय तथा जिल्ला तहका अधिवेशन र त्यसपछिका महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win