0 प्रतिक्रिया
रोपाई जात्रा मेला २०८३ : पुरुष फुटबलको उपाधि राके एफसीलाई
AI सारांश
Fast AI१. बाल दिवस तथा रोपाई जात्रा मेला २०८३ को अवसरमा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि राके एफसीले डिपिओ पाँचथरलाई ३–० गोल अन्तरले पराजित गरी जितेको छ।
२. उपाधिसँगै राके एफसीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डिपिओ पाँचथरले ६० हजार रुपैयाँसहित सम्मान पाएको छ।
३. भेट्रान्स फुटबलतर्फ लभिज्म बुद्ध भेट्रान्सले न्यू सूर्यमुखी भेट्रान्सलाई १–० गोल अन्तरले हराएर उपाधि जितेको छ।
इवारा जवेगु
पाँचथर । बाल दिवस तथा रोपाई जात्रा मेला २०८३ को अवसरमा रानिटारस्थित बराजु खेलमैदानमा आयोजित खुला पुरुष तथा भेट्रान्स फुटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि राके एफसीले जितेको छ।
भदौ २९ गते सम्पन्न फाइनल खेलमा डिपिओ पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै राके एफसीले उपाधि हात पारेको हो। राके एफसीका हिटेन सुहाङले २ गोल तथा कप्तान अनुकेश शेर्माले १ गोल गरेका थिए।
उपाधिसँगै राके एफसीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता डिपिओ पाँचथरले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ राके एफसीका दिपेश लिम्बू उत्कृष्ट खेलाडी घोषित भएका छन्। डिपिओ पाँचथरका प्रविन तामाङ उत्कृष्ट डिफेन्डर र सोही टोलीका आयुस राई सर्वाधिक गोलकर्ता बने। यस्तै, उदीयमान खेलाडीको उपाधि पिटर गुरुङले प्राप्त गरेका छन्।
यसैगरी, भेट्रान्स फुटबलतर्फ लभिज्म बुद्ध भेट्रान्सले उपाधि जितेको छ। न्यू सूर्यमुखी भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै लभिज्म बुद्ध भेट्रान्स च्याम्पियन बनेको हो।
विजेता बुद्ध भेट्रान्सले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यू सूर्यमुखी भेट्रान्सले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक रानिटार युनाइटेड एफसीका अध्यक्ष टंकप्रसाद गुरुङले बताउनुभयो।
प्रतियोगिता भदौ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






