+
+

रोपाई जात्रा मेला २०८३ : पुरुष फुटबलको उपाधि राके एफसीलाई

42 पटक हेरिएको
Clock २०८३ भाद्र ३०, मंगलवार १४:१२
-- Sponsored --

इवारा जवेगु

पाँचथर । बाल दिवस तथा रोपाई जात्रा मेला २०८३ को अवसरमा रानिटारस्थित बराजु खेलमैदानमा आयोजित खुला पुरुष तथा भेट्रान्स फुटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि राके एफसीले जितेको छ।

भदौ २९ गते सम्पन्न फाइनल खेलमा डिपिओ पाँचथरलाई ३–० गोल अन्तरले पराजित गर्दै राके एफसीले उपाधि हात पारेको हो। राके एफसीका हिटेन सुहाङले २ गोल तथा कप्तान अनुकेश शेर्माले १ गोल गरेका थिए।

उपाधिसँगै राके एफसीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता डिपिओ पाँचथरले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

व्यक्तिगत विधातर्फ राके एफसीका दिपेश लिम्बू उत्कृष्ट खेलाडी घोषित भएका छन्। डिपिओ पाँचथरका प्रविन तामाङ उत्कृष्ट डिफेन्डर र सोही टोलीका आयुस राई सर्वाधिक गोलकर्ता बने। यस्तै, उदीयमान खेलाडीको उपाधि पिटर गुरुङले प्राप्त गरेका छन्।

यसैगरी, भेट्रान्स फुटबलतर्फ लभिज्म बुद्ध भेट्रान्सले उपाधि जितेको छ। न्यू सूर्यमुखी भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै लभिज्म बुद्ध भेट्रान्स च्याम्पियन बनेको हो।

विजेता बुद्ध भेट्रान्सले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यू सूर्यमुखी भेट्रान्सले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक रानिटार युनाइटेड एफसीका अध्यक्ष टंकप्रसाद गुरुङले बताउनुभयो।

प्रतियोगिता भदौ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win