+
+

एउटै वडाबाट पाँच जना महाधिवेशन प्रतिनिधि

84 पटक हेरिएको
Clock २०८३ आश्विन १७, शनिबार १३:४३
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली काँग्रेस पाँचथरको क्षेत्रीय अधिवेशनमा फिदिम नगरपालिका–५ बाट चार जना महाधिवेशन प्रतिनिधि र एक जना प्रदेश सभा क्षेत्रीय सभापति निर्वाचित भएका छन्।
२. काँग्रेसको पन्ध्रौं महाधिवेशनमा प्रदेश सभा क्षेत्रीय सभापति र स्थानीय तहका सभापति पदेन प्रतिनिधि हुने भएकाले उक्त वडाबाट पाँच जनाले सहभागिता जनाउने अवसर पाएका हुन्।
३. पाँचथरबाट प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा जिल्लाबाट जम्मा ३४ जना निर्वाचित र १० जना पदेन प्रतिनिधि छनौट भएका छन्।

रवीन्द्र काफ्ले 

पाँचथर, १७ असोज

नेपाली काँग्रेसको पन्ध्रौं महाधिवेशनका लागि पाँचथरको एउटै वडाबाट पाँच जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन।

बुधबार सम्पन्न नेपाली काँग्रेस पाँचथरको क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार फिदिम नगरपालिका–५ बाट चार जना महाधिवेशन प्रतिनिधि र एक जना प्रदेश सभा क्षेत्रीय सभापति निर्वाचित भएका हुन। काँग्रेसले पन्ध्रौं महाधिवेशनमा प्रदेश सभा क्षेत्रीय सभापति र स्थानीय तहका सभापति समेत पदेन महाधिवेशन प्रतिनिधि तय गरेकाले फिदिमको यो एकै वडाबाट पाँच जनाले महाधिवेशनमा सहभागिता जनाएका भएका छन।

बुधबार सम्पन्न मतगणनाअनुसार फिदिम–५ साविक चोकमागू गाविसका पूर्णकुमार तुम्बापो खुल्ला समूहबाट, धनराज तुम्बापो खुल्ला आदिवासी जनजाति समूहबाट, गजेन्द्र तुम्बापो युवा (३५ वर्षभन्दा कम उमेर) समूहबाट र नवीनचन्द्र ढुङ्गेल अपाङ्गता समूहबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो । यस्तै यसै वडाका वडाध्यक्ष भरत तुम्बापो प्रदेश सभा क्षेत्र नं. २ को क्षेत्रीय सभापति निर्वाचित हुनुभएको छ । यसरी फिदिमको एउटै वडाबाट पाँच जनाले महाधिवेशन प्रतिनिधिमा सहभागिता जनाउने अवसर पाउनुभएको हो। 

खुल्ला समूहबाट निर्वाचित पूर्णकुमार तुम्बापो ६९९ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो। खुल्ला समूहबाटै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङ लगायत नेताहरु महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा तुम्बापोले छैटौं बढी मत प्राप्त गर्नुभएको छ। यस्तै आदिवासी जनजाति खुल्ला समूहबाट ५१७ मत प्राप्त गर्दै धनराज तुम्बापो विजयी हुँदा उहाँले १२ जना उम्मेदवारमा दोश्रो बढी मत प्राप्त गर्नुभयो । यस्तै पत्रकार समेत रहनुभएका गजेन्द्र तुम्बापो युवा समूहबाट ५४३ मत सहित निर्वाचित हुँदा अपाङ्गता समूहका नवीनचन्द्र ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ।

यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा फिदिम–५ का वडाध्यक्ष भरत तुम्बापो ३०३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको थियो। उहाँका प्रतिद्वन्द्वी मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्माले २८६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। तुम्बापो यसअघि क्षेत्रीय कार्यसमितिको सचिव रहनुभएको थियो।

पाँचथरबाट प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङ सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभयो। मतपरिणाम अनुसार महाधिवेशन प्रतिनिधिमा केरुङले सर्वाधिक मत प्राप्त गर्दा काँग्रेस संसदीय दलका नेता तथा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दोश्रो मत पाउनुभएको छ। केरुङले एक हजार २११ मत पाउनुभएको छ भने आङदेम्बेले एक हजार १८९ मत प्राप्त गर्नुभएको छ। यस्तै काँग्रेस पाँचथरका सभापति रुपनारायण जबेगू एक हजार १४३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । पाँचथरबाट ३४ जना महाधिवेशन प्रतिनिधि र १० जना पदेन महाधिवेशन प्रतिनिधि छनौट भएका हुन । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win