Comments Add Comment

दोस्रो फिदिम भेट्रान्स गोल्डकप: सेमिफाइनल समिकरण पूरा, रोमाञ्चक खेलको प्रतिक्षा!

फिदिम । पॉचथरको फिदिममा जारी दोस्रो फिदिम भेट्रान्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ ।

बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा स्काई क्लब धरानलाई पेनाल्टि सुटआउमा ४-२ गोलले पराजित गर्दै दुधे भेट्रान्सले सेमिफाईनलमा आयोजकसँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेलतर्फ दुबै टिमबाट २–२ गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको हो ।

त्यस्तै बिहीबार नै सम्पन्न अन्तिम क्वाटरफाइनलमा रेड स्टार क्लब बिर्तामोड झापाले गोरख भेट्रान्स इलामलाई ३-० गोलले पराजित गर्दै बौद्ध भेट्रान्स रानिटारसंग सेमिफाइनल भेट पक्का गरेको छ। दुबै सेमिफाइनल माघ ११ गते शुक्रबार हुनेछन ।

फिदिम भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ। फाइनल खेल यही माघ १२ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै