0 प्रतिक्रिया
तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
AI सारांश
Fast AI१. तुम्बेवा ३ मौवा र सुम्निमा पारूहाङ एफसी सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
२. सन्जिवनी स्पोर्टिङ क्लब धनकुटाले तुम्बेवा फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ।
३. प्रतियोगिताको पुरूष तर्फको विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिकामा जारी “चौथो अध्यक्ष कप खुल्ला पुरुष फुटबल प्रतियोगिता–२०८३” मा सुम्निमा पारूहाङ एफसी र वडा स्तरीय महिला फुटबल प्रतियोगितामा तुम्बेवा ३ मौवा सेमिफाइनल प्रवेश गरेका छन्।
सोमबार सम्पन्न महिला तर्फको क्वाटर फाइनलमा तुम्बेवा-२ चुवाडेलाई ३-० गोलले पराजित गर्दै तुम्बेवा ३ मौवा सेमिफाइनल प्रवेश गरेको हो।
मौवाको जितका लागि प्रनिशा कुरूङवाङ,प्रियङ्का कुरूङवाङ र सबिना लावतीले एक-एक गोल गरे। खेलको प्लेयर अफ दि म्याच मौवाकै प्रियङ्का कुरूङ्वाङ घोषित भइन्।

त्यस्तै पुरूष तर्फको पहिलो क्वाटर फाइनलमा आयोजक पहेलोलाई एकका विरूद्ध चार गोलले पराजित गर्दै सुम्निमा पारूहाङले सेमिफाइनलमा स्थान पक्का गरेको छ।
सुम्निमा पारूहाङको जितका लागि गोली लिम्बु,युनिश मगर,सुबास तामाङ र मनोज सॉवाले एक एक गोल गरे भने आयोजक पहेलोका लक्ष्य लिम्बुले सान्त्वना गोल फर्काए।
खेलको प्लेयर अफ दि म्याच सुम्निमाका गोली लिम्बु घोषित भए।

सोमबार सम्पन् भएको खुल्ला पुरूष फुटबल तर्फको प्रि क्वाटर फाइनलमा सन्जिवनी स्पोर्टिङ क्लब धनकुटाले तुम्बेवा फुटबल क्लबलाई ३-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ। सन्जिवनीका तर्फबाट अनिल परीयारले दुई र सुक्र लिम्बुले एक गोल गरेका थिए भने तुम्बेवाका साजन राइले एक गोल फर्काएका थिए । खेलको प्लेयर अफ दि म्याच सन्जिवनीका अनिल परीयार घोषित भएका थिए ।
त्यस्तै सोमबार नै सम्पन्न अन्तिम प्रि-क्वाटर फाइनलमा नेट बल मार्फत डिफेन्डिङ च्याम्पियन आयोजक सेतो क्वाटर फाइनल पुगेको हो।
ब्राइट स्टार नाम्तोक एफ सी निर्धारित समयमा खेल मैदानमा उपस्थित नभए पछि आयेजक सेतो नेट बल मार्फत भाग्यमानी बनेको हो।

सबै खेलका प्लेयर अफ दि म्याचले एक हजार पॉच सय रूपैया प्राप्त गरेका थिए । प्रतियोगिताको चौथो दिन जेठ ५ गते मंगलबार महिला तर्फको एक सेमिफाइनल खेल र पुरूष तर्फका ३ क्वाटर फाइनल खेल सन्चालन हुने खेल तालिका रहेको छ।
महिला तर्फको पहिलो सेमिफाइनलमा तुम्बेवा ४ वलने र तुम्बेवा ५ हॉङ्गुम बिच सोमबार बिहानको १०ः३० बजे खेल सन्चालन हुने खेल तालिका रहेको छ।
खुल्ला पुरूष तर्फ मंगलबार दोस्रो क्वाटर फाइनलमा एम एफसी र फक्ताङलुङ एफसी बिच बिहानको ११ः३० बजे खेल हुने खेल तालिका रहेको छ।
जेठ ७ गते सम्म सन्चालन हुने प्रतियोगिताको पुरूष तर्फको विजेता टोलीले नगद रु. २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
महिला तर्फको विजेताले ३३ हजार ३३३ सहित ट्रफि र उप विजेताले १६ हजार ३३३ सहित ट्रफि प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









