+
+

थर्पु क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी

118 पटक हेरिएको
Clock २०८१ चैत्र ६, बुधबार १९:०९
-- Sponsored --

AI सारांश

Fast AI

निम्नलिखित ३ वटा बुँदाहरुमा सारांश देखिन्छ:

* पाँचथरको याङ्वरक गाउँपालिकाको थर्पु क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु प्यानल विजयी भएको छ।
* स्ववियु सभापतिमा अनेरास्ववियुका सुरेश माझि निर्वाचित भाइन् भने सचिव पदमा इछिङ्सा काम्बाङ र कोषाध्यक्षमा नुमा मावो अनेरास्ववियुबाट निर्वाचित भए।
* निर्वाचनमा अनेरास्ववियुको प्रबल उपस्थितिसँगै थर्पु क्याम्पसमा संगठनको प्रभाव बलियो देखिएको छ, जसले विद्यार्थी राजनीतिमा अनेरास्ववियुको नेतृत्व सशक्त बन्दै गएको संकेत गरेको छ।

पाँचथर-पाँचथरको याङ्वरक गाउँपालिकाको केन्द्रमा रहेको थर्पु क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु प्यानल विजयी भएको छ। स्ववियु सभापतिमा अनेरास्ववियुका सुरेश माझि निर्वाचित भए। उनले ३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का नविन दाहालले १५ मत पाए। सचिव पदमा इछिङ्सा काम्बाङ ३१ मतसहित विजयी भइन् भने उनका प्रतिस्पर्धी मेलिना सेवाले १६ मत प्राप्त गरे।

कोषाध्यक्षमा नुमा मावो ३१ मतसहित निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी आयुष मिश्रले १६ मत पाए। सदस्य पदमा तुलसा दाहाल ३२, जिना भारती ३१ र निशा काम्बाङ २९ मतसहित विजयी भए। क्याम्पसमा कुल ५८ विद्यार्थी रहेकामा ४७ जनाले मतदान गरेका थिए, जसअनुसार मतदान प्रतिशत ८१% रह्यो।

स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्रबल उपस्थितिसँगै थर्पु क्याम्पसमा संगठनको प्रभाव बलियो देखिएको छ। निर्वाचनको नतिजाले विद्यार्थी राजनीतिमा अनेरास्ववियुको नेतृत्व सशक्त बन्दै गएको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win