0 प्रतिक्रिया
पातञ्जल योगको पाँच दिवसीय शिविर सम्पन्न, ९ सदस्यीय समिति गठन
फिदिम (पाँचथर)
फिदिम नगरपालिका, पाँचथरमा आयोजित पाँच दिवसीय निशुल्क पातञ्जल योग विज्ञान शिविर बिहीबार सम्पन्न भएको छ।
क्षितिज नाट्य समूह, पाँचथरको आयोजनामा सम्पन्न उक्त शिविरको सहजीकरण पातञ्जल योग समितिका केन्द्रीय उपाध्यक्ष जिपी तिवारी, केन्द्रीय सदस्य श्याम ल्वागुन र हेमन्तीदेवी गजुरेल, साथै प्रदेश सचिव लोकनाथ गजुरेलले गर्नुभएको थियो।
शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउँदै निरोगी जीवनयापनलाई प्रवर्द्धन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
शिविरको समापन समारोहमा पहिलोपटक हेम प्रकाश गौतमको अध्यक्षतामा ९ सदस्यीय पातञ्जल योग समिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष रुपा देवी पोख्रेल, सचिव कुवेरनाथ ढकाल, सहसचिव बालकृष्ण बास्कोटा, कोषाध्यक्ष भुमादेवी खतिवडा सहित ९ सदस्य समिति रहेको छ।
त्यस्तै, समितिको प्रशिक्षकको रूपमा राजेन्द्र अधिकारी, शंकर आङदेम्बे र भुमादेवी खतिवडालाई जिम्मेवारी तोकिएको छ। एक महिनासम्म सञ्चालन गरिएको भौतिक तथा अनलाइन कक्षा पूरा गरेका यी प्रशिक्षकहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
शिविरको उद्घाटन फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार गर्नुभएको थियो भने समापन उपप्रमुख राधाकृष्ण न्यौपानेले गर्नुभएको थियो।
कार्यक्रममा फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लाओती, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारी, र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज टेकनाथ अर्याल लगायतको उपस्थिति रहेको थियो।
शिविरमा ४५ जना सहभागीता रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











