+
+

कुम्मायकमा सिद्ध माविको १० कोठे पक्की भवन निर्माण हुने

20 पटक हेरिएको
Clock २०८३ आश्विन ८, बिहीबार १७:०२
-- Sponsored --

मनोज थापा

पाँचथर । कुम्मायक गाउँपालिका–४, रानीगाउँ तिङदेनस्थित सिद्ध माध्यमिक विद्यालयमा १० कोठे पक्की भवन निर्माण हुने भएको छ। भवन निर्माणका लागि विद्यालय र ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) बीच १ करोड ५४ लाख ५७ हजार ६१६ रुपैयाँको लागतमा सम्झौता भएको हो।

सम्झौताअनुसार भवन निर्माणमा ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) ले ९० लाख ९२ हजार ५४८ रुपैयाँ, कोशी प्रदेश सरकारले ४३ लाख ७० हजार ६८ रुपैयाँ र कुम्मायक गाउँपालिकाले १९ लाख ९५ हजार रुपैयाँ लगानी गर्नेछन्।

एचपीएफका कार्यक्रम निर्देशक अमित श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले संयुक्त रूपमा सम्झौतामा हस्ताक्षर गरेसँगै भवन निर्माणको प्रक्रिया अघि बढेको हो।

विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले १० कोठे भवन निर्माणका लागि सम्झौता गरिएको प्रधानाध्यापक सम्बाहाम्फेले बताउनुभयो।

एचपीएफका कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार २०८३ असोज ६ गतेदेखि २०८४ जेठ मसान्तसम्म भवन निर्माण सम्पन्न गर्नुपर्नेछ। शौचालयसहितको सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि विद्यार्थीका लागि थप कक्षाकोठा उपलब्ध हुनुका साथै पठनपाठनमा सहजता हुने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाइनेछ। भवनमा आवश्यक कक्षाकोठासहित विद्यालयका शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक संरचना निर्माण गरिने जनाइएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुखबहादुर सम्बाहाम्फेले भवन निर्माणका लागि सहयोग गर्ने एचपीएफ, प्रदेश सरकार र गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षसँग सहकार्य गर्ने बताउनुभयो।

योजना सम्झौता कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का, कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावती, एचपीएफका सिकाइ अधिकृत जनक भट्टलगायत कर्मचारी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win