+
+

हेवाखोलामा मोडुलर ब्रिज भाँचिँदा घाइते भएका तीन मजदुरको उपचारकै क्रममा मृत्यु

207 पटक हेरिएको
Clock २०८२ असार १, आईतवार ०८:४५
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको हेवाखोलामा निर्माणधीन बेलिब्रिज भाँचिँदा गम्भीर घाइते भएका तीन युवाको उपचारका क्रममा ज्यान गएको छ।
२. बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको नोवेल मेडिकल कलेज, बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
३. दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको छ र स्थानीयवासीहरूले घटनाको जिम्मेवारी निर्माण कम्पनी र प्राविधिक निकायले लिनुपर्ने माग गरेका छन्।

पाँचथर-पाँचथरको हेवाखोलामा निर्माणधीन बेलिब्रिज (झोलुंगे पुल) भाँचिँदा गम्भीर घाइते भएका तीन युवाको उपचारका क्रममा ज्यान गएको छ। बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको नोवेल मेडिकल कलेज, बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। तीनै जना पुल निर्माणको काममा खटिएका थिए।

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका उनीहरूलाई साँझ विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालतर्फ रेफर गरिएको थियो। रूपलाल चौधरीलाई साँझ ८ बजे, राजन चौधरीलाई ८:४० बजे र राकेश चौधरीलाई ७:४५ बजे बिराटनगर पठाइएको थियो। उनीहरूलाई मिति २०८२ असार १ गते राति १२:५० बजे अस्पताल पु‍र्‍याइएपछि डाक्टरले क्रमशः १:०५ बजे, १:१० बजे र १:१५ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको जनाइएको छ। निर्माणको क्रममा आवश्यक सावधानी नअपनाइएको आशंका गरिँदैछ। स्थानीयवासीहरूले घटनाको जिम्मेवारी निर्माण कम्पनी र प्राविधिक निकायले लिनुपर्ने माग गरेका छन्। मृतकहरूको शव नोवेल मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win