+
+

वर्षाको जोखिम बढेपछि पाँचथरमा रातिको सवारी आवागमन बन्द

16 पटक हेरिएको
Clock २०८३ आश्विन ८, बिहीबार १३:१०
-- Sponsored --

पाँचथर । भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

प्रशासनका अनुसार असोज ८ गते बेलुकीदेखि ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, तमोर करिडोर, फिदिम–फालोट, रवी–राँके–भेडेटार, मध्यपहाडी सडकसहित जिल्लाभित्रका अन्य सडक तथा बाटाघाटामा सवारी आवागमन बन्द रहनेछ।

जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिनमा नेपालभर भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। गत वर्षको अविरल वर्षापछि जिल्लाका विभिन्न सडक तथा बाटाघाटा अझै पूर्णरूपमा सुरक्षित हुन नसकी जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेकाले यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक सेवाका सवारीसाधनले भने नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win