0 प्रतिक्रिया
वर्षाको जोखिम बढेपछि पाँचथरमा रातिको सवारी आवागमन बन्द
AI सारांश
Fast AI१. भारी वर्षाको जोखिमका कारण पाँचथरमा असोज ८ गते बेलुकीदेखि ११ गते बिहानसम्म प्रमुख सडकमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
२. गत वर्षको बाढीपहाडीले क्षतिग्रस्त भएका सडकहरू अझै जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रुको सुरक्षाका लागि यस्तो निर्णय लिइएको हो।
३. प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक राति यात्रा नगर्न आग्रह गर्दै अत्यावश्यक सवारीलाई सुरक्षा निकायसँग समन्वय गर्न निर्देशन दिएको छ।
पाँचथर । भारी तथा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार असोज ८ गते बेलुकीदेखि ११ गते बिहानसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, तमोर करिडोर, फिदिम–फालोट, रवी–राँके–भेडेटार, मध्यपहाडी सडकसहित जिल्लाभित्रका अन्य सडक तथा बाटाघाटामा सवारी आवागमन बन्द रहनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी बुलेटिनमा नेपालभर भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। गत वर्षको अविरल वर्षापछि जिल्लाका विभिन्न सडक तथा बाटाघाटा अझै पूर्णरूपमा सुरक्षित हुन नसकी जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेकाले यात्रुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक सेवाका सवारीसाधनले भने नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






