0 प्रतिक्रिया
कुम्मायकबाट हतियार तथा विस्फोटक पदार्थसहित एक जना पक्राउ
पाँचथर । कुम्मायक गाउँपालिका–१, यासोक बजारबाट प्रहरीले हतियार तथा विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–६, सिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन्। प्रहरीका अनुसार २०८३ असोज ४ गते यासोक बजारमा तुम्रोकले धारिलो हतियार देखाउँदै धाकधम्की दिइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।
खोजतलासका क्रममा तुम्रोकलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा दापसहितको खुकुरी दुई थान, इन्सास राइफलको लाइभ राउण्ड एक थान तथा बारुदजस्तो देखिने पदार्थ २७.७१ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पक्राउ परेका तुम्रोकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत फिदिमबाट खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories






