रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिकामा ख्रिष्टमस मनाइएको छ। कुम्मायक गाउँपालिकाको इसाई समाजको आयोजनामा ख्रिष्टमसको शुभकामना आदनप्रदान सहितको कार्यक्रम सम्पन्न भएको हो। कुम्मायक गाउँपालिकामा रहेका स्थानीय मण्डली र इसाइ समाज कुम्मायकको संयुक्त आयोजनामा शुभकामना प्रदान सहित सुसमचारको कार्यक्रम सम्पन्न भएको थियो ।
कुम्मायक गाउँपालिका–१ यासोक स्थीत न्यु लाइफ गोस्पल चर्चमा सम्पन्न भएको कार्यक्रममा रेभ पास्टर जितेन्द्र लावतीले ख्रिसमको शुभकामना सहित प्रभु येशुको उपदेशको विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा स्थानीय मण्डलीहरुले मौलिक नृत्यहरु प्रर्दशन समेत गरेको तेजेन्द्र चेम्जोङले जानकारी दिए ।