0 प्रतिक्रिया
हेल्प टुगेदर फाउण्डेशनद्धारा ३ दिने फोटो प्रर्दशनी तथा बृहत साँस्कृतिक कार्यक्रम हुदै
AI सारांश
Fast AI१. हेल्प टुगेदर फाउण्डेशनले माघ ३० गतेदेखी फागुन २ गतेसम्म फिदिममा ३ दिने फोटो प्रर्दशनी तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ।
२. आयोजकले पेश गरेको कार्यक्रमको तालिका अनुसार माघ ३० गते उद्घाटन कार्यक्रममा बृहत र्याली सहित बजार परिक्रमा गर्ने, फिदिम नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी प्रतियोगिताका साथै विभिन्न कार्यक्रम हुने छ।
३. फागुन २ गते जिल्ला प्रहरी कार्यालय पाँचथरद्धारा लागु औषध विरुद्ध श्रव्य दृश्य सहितको कार्यक्रम रहेको छ भने साझँमा मोटिभेस्नल स्पिच र स्थानीय कलाकारहरुको साथमा दिपक बजрачार्य एण्ड रिदम ब्याण्डको लाखे र झाँकी सहितको बृहत साँस्कृतिक तथा साँगितिक प्रस्तुती रहने आयोजक हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष सुशील श्रेष्ठले बताए।
पाँचथर । फिदिममा ३ दिने फोटो प्रर्दशनी तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
हुनेले दिने नहुनेले लिने भन्ने मुल नाराका साथ सञ्चालन भइरहेको हेल्प टुगेदर फाउण्डेशनले ३ दिने फोटो प्रर्दशनी तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।
यहि माघ ३० गतेदेखी फागुन २ गतेसम्म विविध कार्यक्रम हुने हेल्प टुगेदर फाउण्डेसनले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
आयोजकले पेश गरेको कार्यक्रमको तालिका अनुसार माघ ३० गते उद्घाटन कार्यक्रममा बृहत र्याली सहित बजार परिक्रमा गर्ने, फिदिम नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी प्रतियोगिताका, विपन्न तथा निम्न आय भएका नागरिकका लागि निःशुल्क कपडा वितरण साथै स्थानीय लोक सँस्कृति र भेष भूषाको संरक्षणका लागि विभिन्न जातजातिको नृत्य समेत प्रदर्शन हुने छ ।
फागुन १ गते ख्याति प्राप्त कलाकार दिपक बज्रचार्य एण्ड द रिदम ब्याण्ड र लागु औषध विरुद्धका लागि भारतको सिक्कीम निवासी पब्लिक मोटिभेस्नल स्पिकर प्रिमियस भुटियालाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
फागुन २ गते जिल्ला प्रहरी कार्यालय पाँचथरद्धारा लागु औषध विरुद्ध श्रव्य दृश्य सहितको कार्यक्रम रहेको छ । साझँमा भने मोटिभेस्नल स्पिच र स्थानीय कलाकारहरुको साथमा दिपक बज्रचार्य एण्ड रिदम ब्याण्डको लाखे र झाँकी सहितको १२ जना सदस्यिहरुको बृहत साँस्कृतिक तथा साँगितिक प्रस्तुती रहने आयोजक हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष सुशील श्रेष्ठले बताए ।
फिदिम नगरपालिका भित्रका पर्यटकीय स्थलहरुको उत्कृष्ट फोटोहरु भने तिन दिन सम्म प्रर्दशनीमा राखिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









