+
+

धेरै धान फलाएका कृषकलाई नगदसहित सम्मान

231 पटक हेरिएको
Clock २०८१ माघ ३०, बुधबार २२:४१
-- Sponsored --

AI सारांश

Fast AI

१. फाल्गनन्द गाउँपालिकाले ५० मरीभन्दा बढी धान फलाएका ४२ जना कृषकहरुलाई नगद परस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ।
२. गाउँपालिकाले खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनासहित ५० मरीभन्दा बढी धान फलाएका कृषकहरुलाई सम्मान गरेको हो।
३. फाल्गुनन्द—१ नवमीडाँडाका मकरबहादुर तामाङले सर्वाधिक १७४ मुरी धान फलाउनु भएको छ।

पाँचथर, ३० माघः
पाँचथरको फाल्गनन्द गाउँपालिकाले ५० मरीभन्दा बढी धान फलाएका कृषकहरुलाई नगद परस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ।
खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनासहित गाउँपालिकाले ५० मरीभन्दा बढी धान फलाएका ४२ जना कृषकहरुलाई सम्मान गरेको हो। मंगलबार गाउँपालिकाले फाक्तेपस्थित कार्यालयमा कृषक सम्मानको कार्यक्रम आयोजना गरेको थियो। सम्मानका लागि छनौट भएका कृषकहरुलाई माल्यार्पण गरी साँस्कृतिक झाँकीसहित यहाँको घर्बिसेपञ्चमी बजार परिक्रमा गराइएको थियो। बजार परिक्रमापश्चात आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामसहित गाउँपालिकाका जनप्रतिनिधिहरुले कृषकहरुलाई नगद परस्कार र प्रमाणपत्र प्रदान गर्नभयो।
फाल्गुनन्द गाउँपालिकाले बाँझिएको जमिनलाई सदुपयोग गर्ने, खाद्यान्न खरीदमा भइरहेको पुँजी पलायन रोक्ने र खाद्य आत्मनिर्भरता सिर्जना गर्ने उद्देश्यसहित कृषक प्रोत्साहन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप यस वर्ष गत कात्तिक १४ गते प्रोत्साहन पुरस्कारका लागि दाबी गर्न गाउँपालिकाले सूचना प्रकाशन गरेको थियो।
एकै परिवारले ५० मुरीभन्दा बढी धान फलाएमा रु. ३० हजार र १०० मरीभन्दा बढी धान फलाएमा रु. ५० हजार पुरस्कार दिने ब्यवस्था गाउँपालिकाले ‘कृषक प्रोत्साहन कार्यविधि’ मा छ। एक परिवारले काम गरेर ५० मुरीभन्दा बढी धान फलाए पुरस्कार दिने ब्यवस्था कार्यविधिमा गरिएको छ। कृषकले अर्काको खेतमा धान उत्पादन गरेपनि पुरस्कार भने प्राप्त गर्न सक्ने ब्यवस्था कार्यविधिमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिनुभयो। यस वर्ष तीन साताको म्यादसहितको सूचनाबमोजिम ४७ जना कृषकहरुले प्रोत्साहन पुरस्कारका लागि दाबी पेश गरेका थिए।
गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुगम घिमिरेका अनुसार दाबीपछि सबै कृषकहरुको खलामा पुगेर जनप्रतिनिधि र प्राविधिकहरुले धान नाँपजाँच गरेका थिए। पुरस्कार दाबी गरेका कृषकहरुले धान झार्दै गरेका खला—खलामा जनप्रतिनिधि र प्राविधिकहरु पुगेका थिए। यस क्रममा ४२ जना कृषकहरुले ५० मुरीभन्दा बढी धान फलाएको प्रमाणित भएको घिमिरेले जानकारी दिनुभयो । जसमध्ये तीन जनाले १०० मुरीभन्दा बढी धान फलाएका छन।
यस वर्ष फाल्गुनन्द—१ नवमीडाँडाका मकरबहादुर तामाङले सर्वाधिक १७४ मुरी धान फलाउनु भएको छ। गत वर्ष उहाँले १६८ मुरी धान फलाउनु भएको थियो। यस वर्ष फाल्गुनन्द—७ का दीप्सन चेम्जोङले ११५ मुरी र तिलबहादुर चेम्जोङले १०८ मुरी धान फलाउनु भएको छ। गाउँपालिकाको वडा नं. १ का सात जना, २ का चार जना, ४ का पाँच जना, ५ का १३ जना, ६ का पाँच जना र ७ का आठ जनाले ५० मुरीभन्दा बढी धान फलाएका हुन।
गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेका अनुसार गत वर्षभन्दा यस वर्ष धान उत्पादन बढेको छ। गत वर्ष प्रोत्साहन पुरस्कार पाएका धेरै कृषकले यस वर्ष गत वर्षभन्दा धान उत्पादनमा वृद्धि गरेका छन्। “यस वर्ष असोज पहिलो र दोश्रो साता बाढी पहिरोले सिंचाइ योजनाहरुमा क्षति प¥याएपनि धान उत्पादन बढ्न खशीको करा हो”, अध्यक्ष आङ्देम्बेले भन्नुभयो, “गाउँपालिकाको चाहना कृषिको ब्यवसायिक विकास र खाद्यान्नमा आत्मनिर्भरतामार्फत पूँजी पलायन नियन्त्रण गर्ने हो।”
प्रोत्साहन पुरस्कार प्राप्त गर्ने अधिकांश कृषकहरुले अरुको खेतमा धान फलाउने गरेका छन। अधिँया, कुतियाँ र बन्दकी लगाएका खेतमा कृषकहरुले ठूलो परिमाणमा धान फलाउने गरेको कृषि विकास शाखा प्रमुख घिमिरे वताउनुहुन्छ।
कृषकहरुलाई प्रोत्साहन पुरस्कार वितरण गर्न पुग्नुभएका कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले यो कार्यक्रम प्रभावकारी देखिएको भन्दै प्रदेश सरकारले समेत उत्पादनका आधारमा किसानलाई प्रोत्साहन दिने योजना अघि बढाउने वताउनुभयो।
५५ मरी धान फलाएर रु. ३० हजार प्रोत्साहन परस्कार प्राप्त गर्नभएका फाल्गनन्द—२ का सन्देश नेम्बाङ गाउँपालिकाले नगदसहित सम्मान गरेकामा खशी हनहन्छ। “फलाएको धेरै धान त खान चाहिन्छ । केही विक्री पनि गर्छौं”, नेम्बाङले भन्नभयो, “आज धेरै धान फलाएकै कारण सम्मानित हुन पाउँदा एकदमै खुशी लाग्यो । सरकारले कृषकहरुका समस्या समाधान गरिदिए युवाहरुले विदेशिनु पर्ने थिएन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win