+
+

हिमालय शेर्पालाई हराउदै मछिन्द्र पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश

76 पटक हेरिएको
Clock २०८१ फाल्गुन २६, सोमबार १९:४६
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथर गोल्डकपमा मछिन्द्र फुटबल क्लबको सेमिफाइनलमा प्रवेश
मछिन्द्र फुटबल क्लबले हिमालय शेर्पा फुटबल क्लबलाई २-१ गोलले हरायो
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलीस क्लब काठमाडौँ र नमो बुद्ध युथ क्लब सप्तरी बीच हुनेछ

पाँचथर । हिमालय शेर्पा फुटबल क्लबलाई हराउदै मछिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
फिदिम मा.विको खेल मैदानमा आज भएको खेलमा मछिन्द्रले हिमालय शेर्पालाई २–१ गोलले हरायो। मछिन्द्रका विदेशी खेलाडी स्टेफिनले २७ औं मिनेटमा र अर्का खेलाडी जय गुरुङले खेलको ३० औँ मिनेटमा गोल गरे।
हिमालय शेर्पाका सुजन स्याङताङले ९० औँ मिनेटमा गोल फर्काएका थिए। मछिन्द्रका विशाल घलान खेलको म्यान अफ दि म्याच बने। उनले नगद रु ७ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल फागनु २७ गते नेपाल पुलीस क्लब काठमाडौँ र नमो बुद्ध युथ क्लब सप्तरीबीच प्रतिस्पर्धा हुनेछ।
फागुन २४ गते शनिबारदेखी शुरु भएको प्रतियोगितामा ४ ओटा ए डिभिजन टोलि सहित ८ टोलिको सहभागिता रहेको छ। ५ औँ संस्करणको पाँचथर गोल्डकपको फाइनल खेल चैत्र २ गते हुनेछ।
प्रतियोगिताका विजेताले उपाधी सहित नगद ११ लाख १ हजार १ सय ११ प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। विद्यागतर्फ पनि पुरस्कारको व्यवस्था रहेको आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win